Trend
शनिबार , भाद्र २७, २०८३

भद्रपुर एयरपोर्टमा बुद्ध एयरको विमान दुर्घटना, ७ जना घाइते अन्य को सकुशल उद्धार

ज्ञानेन्द्र पोख्रेल

झापाको भद्रपुर एयरपोर्टमा अवतरण गर्ने क्रममा बुद्ध एयरको एटीआर–७२ विमान दुर्घटनामा परेको छ। यहि पौष १८ गते राति करिब २१:१० बजे काठमाण्डौबाट भद्रपुर (चन्द्रगढी) का लागि उडेको बुद्ध एयरको फ्लाइट नं. ९०१ अवतरण गर्ने क्रममा रन–वेबाट चिप्लिँदै पूर्वतर्फ करिब ३०० मिटर बाहिर (ओभर रन) गई भासिँदा विमान क्षतिग्रस्त भएको हो भने विमानमा आगलागी नभएकोले मानविय क्षति नभएको प्रहरी ले जनाएको छ ।
उक्त विमानमा ५१ जना यात्रु र ४ जना चालक दल सवार थिए। दुर्घटनापछि सबै यात्रु तथा चालक दलका सदस्यलाई सकुशल विमानबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको नेतृत्वमा करिब ७० जनाको टोली तत्काल परिचालन गरिएको थियो।
घाइतेको विवरण
दुर्घटनामा ७ जना सामान्य घाइते भएका छन्। उनीहरूमध्ये १ जना उपचारपछि डिस्चार्ज भई घर फर्किसकेका छन् भने ६ जना ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचाररत छन्। उपचाररत घाइतेमध्ये १ जना को–पाइलट रहेका छन्।
घाइतेहरूको नामावली यस प्रकार छः
सबिन जोगी (४०) – छाती, कम्मर र ढाड दुखेको, बाहिरी चोट नदेखिएको (यात्रु)
प्रेसिषा अधिकारी (२०) – बायाँ खुट्टा सुन्निएको, बाहिरी चोट नदेखिएको (यात्रु)
सुमित्रा जोगी (४२) – बायाँ खुट्टा दुखिरहेको, बाहिरी चोट नदेखिएको (यात्रु)
कमल प्रसाद कटुवाल (२८) – दाहिने खुट्टामा सामान्य चोट, उपचारपछि डिस्चार्ज (यात्रु)
मुना घतानी (४०) – टाउको दुख्ने र चक्कर लागेको, बाहिरी चोट नभएको (यात्रु)
प्रिया घतानी (१६) – दाहिने घुँडामा चोट (यात्रु)
सुशान्त श्रेष्ठ (२४) – अनुहार र टाउकोमा चोट (को–पाइलट)
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान कार्य भइरहेको छ। विमान काठमाण्डौबाट राति ८:२३ बजे चन्द्रगढीका लागि उडेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP