Trend
मंगलबार , फागुण १९, २०८२

वडा नं ७ र युवा गोचाली क्लब ले माघी मिलन कार्यक्रम गर्ने

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / पुष २६/बढैयाताल गाउपालिका वडा नं ७ र युवा गोचाली क्लवको संयुक्त आयोजनाम यस वर्ष को माघी पर्वको अवसरमा माघी मिलन कार्यक्रम हुने भएको छ ।

बढैयाताल गाउपलिका वडा नं ७ का अध्यक्ष तथा माघ मिलन कार्यक्रमका संयोजक राधेश्याम थारूले यहि २०८२ सालको माघी पर्वको अवसरमा यहि पौष २८ गते का दिन हुने माघी मिलन कार्यक्रमको सम्पूर्ण तैयारी पुरा भएको र यस कार्यक्रम को औपचारिक उदघाटन लुम्बीनी प्रदेश सरकारका उर्जा जलस्रोत तथा सिचाई मन्त्री सिता शर्मा चौधरी ले गर्ने कार्यक्रम रहेको आज गरिएको पत्रकार सम्मेलन मा जानकारी गराईएको थियो।

माघी पर्वलाई पश्चिम नेपालका थारू समुदायहरुले हर्ष र उल्लास का साथ मनाउने र माघी पर्व लाई नयाँ वर्षको रूपमा मानिने परम्परा रहेकोले थारु समुदायले नयाँ कार्य को थालनी समेत आजैको दिन देखी शुरुवात गर्ने प्रचलन रहेको पाइन्छ साथै यस वडा कार्यालय र युवा गोचाली क्लव ले केही वर्ष देखी निरन्तर माघी मिलन कार्यक्रम गर्दै आइरहेको र यस वर्ष को माघी मिलन कार्यक्रम विगत भन्दा केही फरक किसिमले गर्न लागिएको जानकारी आयोजक ले दिएको थियो भने उक्त दिन हुने कार्यक्रममा थारू समुदायको संस्कृति परम्परा झल्किने सांस्कृतिक कार्यक्रम हरु, झाकीहरु प्रस्तुत गरिने र यस क्षेत्रबाट उत्कृष्ट योगदान गर्ने व्यक्तित्व हरु लाई सम्मान गरिने लगायतका कार्यकम रहेको जानकारी दिइएको थियो साथै यहि पौष २८ गते दिनको ११ बजे वडा नं ७ को वडा कार्यालय परिषर हुने औपचारिक कार्यक्रम मा सबै जनसमुदायहरु लाई उपस्थितीको लागी अनुरोध समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP