Trend
शनिबार , भाद्र २७, २०८३

प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नं ९ ले जित्न सफल

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / पुष २७/ स्वास्थ्य का लागि खेल राष्ट्रका लागि खेल भन्ने मुल नाराका साथ वडा नं ९ वडा कार्यालयको आयोजनामा भएको बढैयाताल गाउपालिका स्तरिय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता को उपाधि वडा नं ९ ले जित्न सफल भएको छ ।

यहि पौष २१ गते देखी बढैयाताल गाउपालिका वडा नं ९ मा रहेको १५ विगाह खेल मैदान मा सन्चालन भएको वडा अध्यक्ष कप फुटबल प्रतियोगिता यहि पौष २६ गते सम्पन्न भएको थियो ।

बढैयाताल गाउपालिका भित्र का ९ वटै वडा का दश वटा टिमहरु सहभागी रहेका थिए। भने यहि पौष २६ गते सम्पन्न फाईनल खेल वडा नं ४ र वडा नं ९ विच भएको थियो भने वडा नं ९ ले वडा नं ४ लाई o का विरुद्ध ५ गोल प्रहार गर्दे वडा नं ९ विजेता बने संगै वडा नं ४ उपविजेता बनेको थियो ।

फुलबल प्रतियोगितामा उत्कृष्ट खेलाडी को उपाधी वडा नं ९ का खेलाडी अर्जुन चलाउने लाई घोषणा गरिएको थियो भने यस फुटवल प्रतियोगिता मा प्रथम हुने टिमलाई १५ हजार रुपैयाँ नगद पुरस्कार मेडल र ट्रफी उप विजेता टिम लाई १० हजार रुपैयाँ नगद पुरस्कार मेडल र ट्रफी प्रदान गरिएको थियो भने समापन कार्यक्रम वडा नं ९का अध्यक्ष विर बहादुर थारुको सभापतित्व मा भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि बढैयाताल गाउपालिका अध्यक्ष हिमालय त्रिपाठी, विशिष्ट अतिथि उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, विषेश अतिथि बासगढी नगरपालिका का पूर्व नगर प्रमुख शालिकराम अधिकारी , वडा अध्यक्ष तेजनाथ पौडेल, कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु विद्यालयका प्रधानाध्यापक हरु लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम मा उपस्थित प्रमुख अतिथि विशिष्ट अतिथि र अतिथ लगायतकाले विजेता, उपविजेता र उत्कृष्ट खेलाडी लगायत खेल सम्पन्न गर्ने सहयोग पुऱ्याउने सबै लाई धन्यवाद दिदै पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP