Trend
बिहिबार , अषोज २२, २०८३

चुनाव जित–हारभन्दा जनविश्वास महत्वपूर्ण : महामन्त्री गगन थापा

अफजल खान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनको हार–जितभन्दा पनि जनताको भरोसा जोगाउनु आजको मुख्य आवश्यकता भएको बताएका छन्।

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले आयोजना गरेको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले चुनावलाई नियमित प्रक्रिया मात्र भएको उल्लेख गरे। उनले भने, “चुनाव आउँछ र जान्छ, कहिले जितिन्छ कहिले हारिन्छ। तर अहिलेको प्राथमिकता भनेको व्यवस्था, संविधान र जनताको भरोसा जोगाउनु हो।”

महामन्त्री थापाले कांग्रेस कुनै व्यक्तिको दास वा लास बन्न नसक्ने स्पष्ट पार्दै पार्टीभित्र सबै नेता–कार्यकर्ता बराबर रहेको बताए। पार्टीभित्र प्रश्न गर्न पाउने अधिकार लोकतन्त्रको आधार भएको उल्लेख गर्दै उनले भने, “जसले प्रश्न गर्न रोक्छ, उसले जवाफ दिन सक्दैन।”

उनले कांग्रेसप्रति जनतामा अझै विश्वास रहेको दाबी गर्दै त्यो भरोसा जोगाउन नेतृत्व जिम्मेवार हुनुपर्ने बताए। वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै चुनावी लाभभन्दा पनि लोकतान्त्रिक मूल्य र संविधानको रक्षा अहिलेको आवश्यकता रहेको थापाको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP