Trend
मंगलबार , भाद्र ३०, २०८३
काठमाडौँ  । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको पहिलो दिन आज साँझसम्म ६२ प्रतिशतभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

देशभरका कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये साँझसम्म ६२.४ प्रतिशतले नाम दर्ता गराएका हुन् । अर्थात् २ हजार ९०० भन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएको महाधिवेशन सचिवालयले जनाएको छ । प्रतिनिधिहरूको नाम दर्ता कार्य बिहान ९ बजेदेखि नै शुरू भएको थियो ।

विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा भइरहेको यस दुईदिने भेलाका लागि आठ वटा छुट्टाछुट्टै ‘स्टल’बाट दर्ताको व्यवस्था मिलाइएको छ । नाम दर्ता र कार्ड वितरणको क्रम अहिले पनि जारी रहेको फोकल पर्सन समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिए ।

यसअघि, नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँको सभापतित्वमा आयोजित कार्यक्रमलाई महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा नेताहरूले मन्तव्य राख्ने र प्रतिनिधिहरू आउने क्रम साँझसम्मै देखिएको थियो ।

उद्घाटन सत्रमा बोल्ने नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई सोमबारको बन्द सत्रमा उपस्थित भएर सम्बोधन गर्न र पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् ।

सहमहामन्त्री फर्मुल्ला मन्सुरले भोलि हुने बन्द सत्रमा उपस्थित भई सम्बोधन गर्न सभापतिलाई आग्रह गर्दै यसले पार्टीमा एकताको सन्देश जाने बताए । नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनले पार्टीभित्रका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे भने केन्द्रीय सदस्य महेश आचार्यले यो महाधिवेशनले पार्टी विधानसम्मत चल्नुपर्ने र अरूको कुरा नसुन्ने प्रवृत्ति परास्त हुनुपर्ने सन्देश दिएको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP