Trend
बिहिबार , माघ २, २०८२
काठमाडौँ  । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको पहिलो दिन आज साँझसम्म ६२ प्रतिशतभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

देशभरका कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये साँझसम्म ६२.४ प्रतिशतले नाम दर्ता गराएका हुन् । अर्थात् २ हजार ९०० भन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएको महाधिवेशन सचिवालयले जनाएको छ । प्रतिनिधिहरूको नाम दर्ता कार्य बिहान ९ बजेदेखि नै शुरू भएको थियो ।

विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा भइरहेको यस दुईदिने भेलाका लागि आठ वटा छुट्टाछुट्टै ‘स्टल’बाट दर्ताको व्यवस्था मिलाइएको छ । नाम दर्ता र कार्ड वितरणको क्रम अहिले पनि जारी रहेको फोकल पर्सन समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिए ।

यसअघि, नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँको सभापतित्वमा आयोजित कार्यक्रमलाई महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा नेताहरूले मन्तव्य राख्ने र प्रतिनिधिहरू आउने क्रम साँझसम्मै देखिएको थियो ।

उद्घाटन सत्रमा बोल्ने नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई सोमबारको बन्द सत्रमा उपस्थित भएर सम्बोधन गर्न र पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् ।

सहमहामन्त्री फर्मुल्ला मन्सुरले भोलि हुने बन्द सत्रमा उपस्थित भई सम्बोधन गर्न सभापतिलाई आग्रह गर्दै यसले पार्टीमा एकताको सन्देश जाने बताए । नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनले पार्टीभित्रका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे भने केन्द्रीय सदस्य महेश आचार्यले यो महाधिवेशनले पार्टी विधानसम्मत चल्नुपर्ने र अरूको कुरा नसुन्ने प्रवृत्ति परास्त हुनुपर्ने सन्देश दिएको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP