Trend
बिहिबार , माघ २, २०८२

काठमाडौं– मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति पर्व मनाउने भएको छ ।

नेपाल मगर संघ केन्द्रीय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस ३० देखि माघ १ गतेसम्म टुँडिखेलमा मगर संक्रान्ति  २०८२ को आयोजना गर्ने जानकारी दिएको हो ।

महोत्सवको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव एवं मूल आयोजक समितिका सदस्यसचिव टेकबहादुर नामजाली मगरले जानकारी दिए ।

महोत्सवमा मगरहरूको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक खानपिन, भेषभूषाका साथै मगर जातिको मौलिक खेल लगायत प्रदर्शन हुने उनले बताए ।

मगर समुदायका मौलिक संस्कृतिहरू नेपाल सरकारको राष्ट्रिय सूचीमा सूचीकृत गराउँदै विश्वव्यापी बनाउने उद्देश्यका साथ मगर मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव आयोजना गरिएको मगरले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP