Trend
बिहिबार , माघ २, २०८२

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / पुष २९/बढैयाताल गाउपालिका वडा नं ७ र युवा गोचाली क्लव को आयोजनामा यस वर्ष को माघी पर्वको अवसरमा पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम आज बढैयाताल को पचासामा सम्पन्न भएको छ ।

लुम्बीनी प्रदेश सरकारका उर्जा जलस्रोत तथा तथा सिंचाई मन्त्री सिता चौधरीको प्रमुख आतिथ्य मा सम्पन्न भएको कार्यक्रम मा थारू समुदायले माघी पर्व लाई ठुलो पर्वको रूपमा मनाउने प्रचलन रहेको र माघी पर्व लाई नयाँ बर्षको रुपमा समेत मनाईने प्रचलन रहेकोले आजै का दिनदेखी नयाँ कार्यको थालनी गर्ने प्रचलन समेत रहिआएको पाइन्छ ।

आज सम्पन्न कार्यक्रम मा थारू समुदायको संस्कृति र परम्परा झल्कने खालका गित तथा नृत्यहरुको प्रतियोगिता समेत आयोजना गरिएको थियो साथै यस कार्यक्रम मा यस बढैयाताल गाउपालिका भित्र बसोवास गर्ने थारू समुदायका विभिन्न विद्यामा उत्कृष्ट व्यक्तिहरु, प्रशासक, साहित्यकार, खेलाडी, सांसद, मन्त्री र उच्च शिक्षा हासिल गरेका व्यक्तिहरु र हालै एम बि बि एस पूर्ण छात्रवृतिमा नाम निकाल्न सफल सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी लगायत का लाई सम्मान गरिएको थियो।

कार्यक्रम मा विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभाका सांसद भुवनेश्वर चौधरी, बढैयाताल गाउपालिका अध्यक्ष हिमालय त्रिपाठी , उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी , प्रमुख प्रशासकिय अधिकृत अर्जुन थारू , पूर्व प्रदेश सभाका सदस्य कबिराम थारू, बाँसगढी नगरपालिका का संस्थापक नगर प्रमुख सालिक राम अधिकारी , पूर्व जिल्ला समन्वय प्रमुख शंकर प्रसाद थारू , बढैयाताल का संस्थापक अध्यक्ष लाल बहादुर श्रेष्ठ , वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, थारू समुदायका वडघरहरु, नागरिक समाज का सदस्यहरु, सामुदायिक वनका अध्यक्ष हरु , क्यापसका अध्यक्ष प्रेमराज त्रिपाठी, विद्यालयका प्रधानाध्यापक हरु लगायत को उपस्थिति रहेको थियो।

कार्यक्रम मा थारू समुदायको संस्कृति परम्परा झल्कने सामाग्रीहरु को प्रदर्शन गरिएको थियो साथै कार्यक्रम मा थारू समुदायका विभिन्न झाकी हरु समेत प्रदर्शन गरिएको थियो । भने कार्यक्रममा अधिकांश सहभागी थारू पहिरहन लगाएर कार्यक्रममा उपस्थित भएका थिए भने कार्यक्रम मा शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथि लगायतले संस्कृति र परम्पराको संरक्षण गर्नु हामी सबैको दायित्व भएकोले सबैले आ-आफ्नो धर्म संस्कृति र परम्पराको संरक्षण गर्नेु पर्ने मा जोड दिएका थिए ।

साथै सबैले माघी पर्वलाई हर्ष र उल्लास का साथ एक आपसमा शुभकामना आदानप्रदान गरेर मनाउन आग्रह गरिएको थियो । भने कार्यक्रममा सहभागी हरु लाई थारू समुदायको परिकार ढिकरी को स्वाद चखाईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP