Trend
मंगलबार , फागुण १९, २०८२

जनताको दुःख–सुखमा साथ दिने नेतृत्वलाई भोट दिन आग्रह

“हाम्रो एक भोटले हाम्रो भविष्य निर्माण गर्छ,”

 अफजल खान

गुलरिया । आउँदै गरेको निर्वाचनलाई लक्षित गर्दै सचेत नागरिकहरूले जनताको वास्तविक सेवामा समर्पित नेतृत्व छान्न आग्रह गरेका छन्। उनीहरूले आफ्नो क्षेत्रका जनताको दुःख–सुखमा सधैं साथ दिने, समस्या पर्दा समयमै फोन उठाउने र कुनै आदेश वा पहुँचबिनै सहज रूपमा भेटघाट तथा संवाद गर्न सक्ने प्रतिनिधिलाई भोट दिनुपर्ने बताएका छन्।

जनताको बीचमै रहने, जनतासँगै हिँड्ने र जनताकै समस्यालाई आफ्नै समस्या ठान्ने नेतृत्व आजको आवश्यकता रहेको उनीहरूको भनाइ छ। जनताको पीडा बुझ्ने र समाधानका लागि अग्रसर हुने जनप्रतिनिधिले मात्र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने उनीहरू बताउँछन्।

साथै, केही सीमित चम्चे व्यक्तिहरूको घेराभित्र मात्र सीमित रहने, जनताबाट टाढा रहने र सत्ताको आडमा जनभावनालाई बेवास्ता गर्ने व्यक्तिलाई भोट नदिन आग्रह गरिएको छ। यस्तो प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउने भन्दै सचेत रहन अपिल गरिएको छ।
यस पटकको निर्वाचनमा व्यक्तित्व, पहुँच वा प्रलोभनभन्दा पनि इमानदारी, जवाफदेहिता र जनसेवालाई मुख्य आधार बनाएर निर्णय गर्नुपर्नेमा जोड दिइएको छ। “हाम्रो एक भोटले हाम्रो भविष्य निर्माण गर्छ,” भन्दै नागरिकहरूले सोचेर, बुझेर र विवेकपूर्ण रूपमा मतदान गर्न सबै मतदातालाई आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP