Trend
मंगलबार , भाद्र ३०, २०८३

बृहत यौनिकता शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न

ज्ञानेन्द्र पोख्रेल

बढैयाताल गाऊपालिका वडा नं ७ मा बृहत यौनिकता शिक्षा सम्बन्धी अभिमुखी कार्यक्रम यहि माघ ८ गते सम्पन्न भएको छ ।

बाँके युनेस्को क्लबको आयोजना र वडा नं ७को समन्वयमा सम्पन्न भएको बृहत यौनिकता शिक्षा अभिमुखीकरण कार्यक्रम मा बढैयाताल गाउपालिका वडा नं ७ का जनप्रतिनिधि, बडघरहरु, नागरिक सन्जाल का सदस्यहरु, महिला, युवा का प्रतिनिधि, समुदायिक वन का सदस्य, महिला पुरुष अभिभावकहरू , सन्चारकर्मी लगायतका व्यक्तिहरु सहभागी रहेका थिए।

यस अभिमुखिकरण कार्यक्रममा बृहत यौनिकता शिक्षा सम्बन्धी अभिमुखिकरण तिलकाना आधारभुत स्वास्थ्य केन्द्र का प्रमुख पशुपति ज्ञावली ले गरेका थिए ।समाजमा युवा युवतीहरुमा यौनिकता शिक्षा को प्रयाप्त जानकारी नभएको कारण युवा युबतीहरु विभिन्न समस्यामा पर्ने भएकोले सबै अभिभावकहरुले आफ्ना छोरा छोरी हरुलाई खुलेर यौनिकता शिक्षा सम्बन्धी जानकारी दिनुपर्ने कुरामा सहभागीहरु लाई सचेतना गराईएको थियो साथै यौनिकता शिक्षा बारे किशोर किशोरी हरुलाई प्रयाप्त जानकारी नभएको कारण यौन तथा प्रजनन् सम्बन्धी समस्या समाजमा विकराल बन्दै गएको हुदाँ यस तर्फ समाजका अगुवा वर्गहरु ले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने कुरामा कार्यक्रमका सभापति वडा नं ७ का अध्यक्ष राधेश्याम थारू ले बताएका थिए । भने कार्यक्रम को सन्चालन बाँके युनेस्को क्लव का फिल्ड सुपरभाईजर राम बहादुर थारू ले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP