Trend
शनिबार , भाद्र २७, २०८३

संगठनभित्र सुधार र सेवा प्रवाहको गुणस्तर बढाउने दिशामा आईजिपी कार्कीले थालेका प्रयासहरू क्रमशः परिणाममुखी बन्दै गएको देखिन्छ।

अफजल खान्✍️

काठमाडौं  / नेपाल प्रहरीका लागि लामो समयदेखि उठ्दै आएको माग अन्ततः पूरा भएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको निरन्तर पहलपछि सरकारले नेपाल प्रहरीको राशन स्केल बढाउने निर्णय गरेको हो। माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णयसँगै फागुन १ गतेदेखि नेपाल प्रहरीले अन्य सुरक्षा निकायसरह बराबरीको राशन सुविधा पाउने भएको छ।
आईजिपी कार्कीले गत भदौ २७ गते दर्ज्यानी चिन्ह समारोहमा गरेको प्रतिबद्धता व्यवहारमा उतारिनु प्रहरी संगठनका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। लामो समयदेखि अन्य सुरक्षा निकायको तुलनामा नेपाल प्रहरी राशन स्केलमा पछाडि पर्दै आएको अवस्थालाई उनले आईजिपीमा नियुक्त भएदेखि नै प्राथमिकताका साथ उठाउँदै आएका थिए।
सरकारको यस निर्णयले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउने, पेशागत मर्यादा र समानताको भावना बलियो बनाउने अपेक्षा गरिएको छ। साथै, संगठनभित्र सुधार र सेवा प्रवाहको गुणस्तर बढाउने दिशामा आईजिपी कार्कीले थालेका प्रयासहरू क्रमशः परिणाममुखी बन्दै गएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP