Trend
शनिबार , फागुण २, २०८२

फागुन २१ को चुनावमा युवाको दाबी : बर्दियाकी निता शर्मा मैदानमा

अफजल खान

बर्दिया / आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा बर्दियाकी युवा नेतृ निता शर्मा राजनीतिक मैदानमा होमिएकी छन्। २८ वर्षीया शर्मा घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तबाट उम्मेदवार बनेकी हुन्।
बर्दियाको मधुवन नगरपालिका–ढोडरी घर भएकी शर्मा स्नातक तह उत्तीर्ण छन्। जेन–जी पुस्ताको प्रतिनिधित्व गर्दै स्थानीय क्षेत्रको विकासका लागि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।
उनका प्रमुख एजेन्डामा भ्रष्टाचारको दलदलमा फसेको वाम आन्दोलनलाई शुद्धीकरण गर्दै एकताबद्ध गर्ने, घुस नखाने पार्टी निर्माण गर्ने, शिक्षा र स्वास्थ्य निशुल्क गर्ने तथा कृषि उत्पादन राज्यले अनिवार्य रूपमा खरिद गर्नुपर्ने व्यवस्था लागू गराउने रहेका छन्।
युवाको आवाज र वैकल्पिक राजनीतिको दाबीसहित निता शर्माको उम्मेदवारीले बर्दियाको चुनावी माहोल थप चर्किने संकेत देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु


TOP