Trend
शनिबार , फागुण २, २०८२

कुकुरले सावधान गराउँदा चोरीहरुको चोरी प्रयास असफल:

ज्ञानेन्द्र पोख्रेल

बर्दिया माघ २० /गएराती बढैयाताल गाउँपलिका वडा नं ६ मैनापोखर चोक बजारको एक किराना पसलमा चोरहरुले गर्ने लागेको चोरी कार्य असफल भएको छ ।

यहि माघ १९ गते रातको अन्दाजी १.३० बजेको समयमा मैनापोखर चोक मा रहेको के.सी जनरल स्टोर मा लगाएको सटरको ताला तोडी सटर भित्र पस्न खोज्दा घरमा पालेको कुकुर ले संकेत गरेपछि घर धनि के भएछ भनि घर बाहिर आउँदा चोरी गर्ने लागेका व्यक्तिहरु फरार भएको जानकारी घर धनि कृष्ण बहादुर केसी ले जानकारी गराए।

उनले चोरहरुले फोडेको ताला देखाउँदै भने रातको समयमा सटर अगाडी केही व्यक्तिले ताला तोडेको डाङडुग आवाज घरमा पालेको कुकुरले सुनेर आफुहरु सुत्ने कोठको ढोका कुकुरले निकै वेर ढकढक पारेपछि आफुहरु उठी आउँदा तिन जनाको समुहमा रहेका चोरहरु सटर अगाडी देखेको र आफु घर बाहिर निस्कन खोज्दा खोज्दै निजहरु उक्त ठाउँ बाट भागी गएको जानकारी गराएका हुन् ।

स्थानियका अनुसार रातमा प्रहरीको गस्ती नहुने भएकाले मध्यरातको समय पारी चोरहरुले मौका छोपेर चोरी कार्य गर्ने गरेका छन् भने यस मैनापोखर बजारमा क श्रेणी को ईलाका प्रहरी कार्यालय समेत रहेको छ । साथै चुनाव नजिकिए संगै यस क्षेत्रमा अनेक मानीसहरुको चहल पहल बढ्दै गैरहेको अवस्थामा सबै जना सचेत रहनु पर्ने र कोही शंकापद नयाँ मान्छे देखिएमा प्रहरी लाई खवर गर्ने प्रहरी ले सबै लाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु


TOP