Trend
मंगलबार , फागुण १९, २०८२

सिरहा प्रादेशिक अस्पतालमा ‘राजस्व गायव’ प्रकरण: दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध मुद्दा

सरकारी अस्पतालको सफ्टवेयरमा रकम देखिने तर सरकारी ढुकुटीमा नपुग्ने गरी भएको यो ‘बदनियतपूर्ण’ कार्यले सार्वजनिक सेवा प्रवाहमा रहेका व्यक्तिको नैतिक पतन र कानुनी उल्लंघनलाई प्रस्ट पारेको छ।

ए टिभी न्युज

सिरहा | बिरामीको उपचार गर्ने अस्पताल नै भ्रष्टाचारको अखडा बनेको तथ्य बाहिर आएको छ। प्रादेशिक अस्पताल सिरहामा बिरामीले तिरेको उपचार शुल्क (राजस्व) सरकारी खातामा जम्मा नगरी आफ्नै खल्तीमा हाल्ने गिरोहको पर्दाफास गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अस्पतालका दुई पूर्वप्रमुखसहित १० कर्मचारीले आपसी मिलेमतोमा रु ३८ लाख ७७ हजार ७२४ हिनामिना गरेको पुष्टि भएको छ।

आर्थिक वर्ष २०८०/८१ मा अस्पतालको ओपीडी र अन्य काउन्टरबाट संकलन भएको रकममा ‘सफ्टवेयर र बैंक दाखिला’ बीच ठूलो अन्तर भेटिएको थियो।

सफ्टवेयरमा देखिएको कुल आम्दानी: रु ३ करोड ८७ लाख ६६ हजार ९७४
बैंकमा जम्मा गरिएको रकम: रु ३ करोड ४८ लाख ८९ हजार २५०
गायब पारिएको रकम: रु ३८ लाख ७७ हजार ७२४भ्रष्टाचारको यो शृङ्खलामा नेतृत्वदेखि काउन्टरका कर्मचारीसम्मको जालो देखिएको छ। अख्तियारले मुख्य दोषीका रूपमा निम्न व्यक्तिहरूलाई विपक्षी बनाएको छ:

नेतृत्वको मौन समर्थन: तत्कालीन अस्पताल प्रमुखद्वय डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादव। सफ्टवेयरमा दैनिक आम्दानी हेर्न सक्ने अधिकार हुँदाहुँदै रकम कम जम्मा भएको देख्दा पनि मौन बसेर भ्रष्टाचारमा सघाएको आरोप उनीहरूमाथि छ।

प्रशासन र लेखा: तत्कालीन प्रशासन प्रमुख अशोककुमार सिंह र लेखा प्रमुख अशोककुमार यादव।
काउन्टरका कर्मचारी: अहेब श्यामकुमार मण्डल (रु २५ लाखभन्दा बढी बिगो), सरस्वतीकुमारी यादव, अजयकुमार मण्डल, पूजाकुमारी यादव र रोशनकुमार यादव।

मृतक कर्मचारीको परिवारबाट बिगो असुल गरिने
यस प्रकरणमा संलग्न तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलको मृत्यु भइसकेको छ। यद्यपि, भ्रष्टाचारको रकम सरकारी सम्पत्ति भएकाले उनको हक खाने श्रीमती मुस्कानकुमारी मण्डलबाट हिनामिना भएको सम्पूर्ण रकम (रु ३८ लाख ७७ हजार ७२४) असुल उपर गर्न मागदाबी गरिएको छ।

सरकारी अस्पतालको सफ्टवेयरमा रकम देखिने तर सरकारी ढुकुटीमा नपुग्ने गरी भएको यो ‘बदनियतपूर्ण’ कार्यले सार्वजनिक सेवा प्रवाहमा रहेका व्यक्तिको नैतिक पतन र कानुनी उल्लंघनलाई प्रस्ट पारेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP