Trend
शुक्रबार , बैसाख ४, २०८३

चोरि कार्यमा संलग्न एक जना पक्राउ थप संलग्न बारे अनुसन्धान हुदै:-

यस मैनापोखर, सिमरा, तमौलीपूर, रानीपुर, भोलागौडी, जमुनी , सोरहवा आसपासका क्षेत्रमा विगत देखी नै रातको समयमा घरमा राखिएका साईकिल, धाराका मोटरहरु, घर अगाडी राखिएका तामाका कलश हरु, धान लगायतका विभिन्न किसिमका सरसामानहरु चोरी हुने घटना दिनहुँ बढिरहेको छ।

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / ईलाका प्रहरी कार्यालय मैनापोखर ले यहि माघ २३ गते राती एक जना लाई चोरी गर्दा गर्दै रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्ने बढैयाताल वडा नं ६ मैनापोखर चप्ला पुल नजिक घर रहेका अर्जुन थारू रहेका छन् भने निज ले मैनापोखर बजार का स्थानियहरु को घर बाट चोरी गरी लग्दै गरेको केही वोरा धान र कुखुरा सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मैनापोखर ले जनाएको छ भने निज संग अन्य केही व्यक्तिहरु पनि संलग्न रहेको हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निज लाई अहिले ईलाका प्रहरी कार्यालय ले थुनामा राखेको छ भने केही समय देखी मैनापोखर आसपासको क्षेत्रमा चोरी का घटना निरन्तर रूपमा बढिरहेको हुदाँ प्रहरी ले आफ्नो सक्रियता बढाए संगै उनि पक्राउ परेका हुन् भने उक्त दिन निजले मैनापोखरका एक व्यक्ति को घर वाट धानका बोराहरु चोरी गरी नजिक रहेको सडक को नाली भित्र लुकाई अर्को घर बाट कुखुरा चोरी गर्दै गर्दा स्थानियहरु ले थाहा पाई हो हल्ला गर्दा उनि पक्राउ परेका थिए।

उनि संग अन्य व्यक्तिहरु पनि संलग्न रहेको हुन सक्ने भएकोले थप अनुसन्धान भै रहेको ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रहरी निरिक्षक अच्युत गिरी ले जानकारी दिएका छन् भने उनको घर तलासी गर्दा केही थान तामाका भाँडाकुँडा समेत भेटिएको प्रहरी ले जनाएको छ।

यस मैनापोखर, सिमरा, तमौलीपूर, रानीपुर, भोलागौडी, जमुनी , सोरहवा आसपासका क्षेत्रमा विगत देखी नै रातको समयमा घरमा राखिएका साईकिल, धाराका मोटरहरु, घर अगाडी राखिएका तामाका कलश हरु, धान लगायतका विभिन्न किसिमका सरसामानहरु चोरी हुने घटना दिनहुँ बढिरहेको स्थानिय हरुको गुनासो रहेको थियो ।

यस सम्बन्धमा स्थानिय प्रहरीले आफनो सक्रियता बढाएको र गाऊ समाजमा कोही अपरिचित व्यक्ति हरु देखिएमा निगरानी गर्ने र त्यस्ता व्यक्तिहरु शंकासपद लागेमा प्रहरी लाई खवर गर्ने प्रहरी ले आग्रह गरेको छ । भने निज पक्राउ परेका व्यक्ति माथि थप अनुसन्धान भै रहेको र उनलाई चोरी कसुर अन्तरगत मुद्दा दर्ता हुने प्रहरी ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP