Trend
मंगलबार , फागुण १९, २०८२

सातौ संस्करण को बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता यस वर्ष पनि मयुर युवा क्लब ले नै गर्ने-

“खेलकुद हाम्रो शान : खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने नाराका साथ विगत वर्ष पहिले देखी नै यस मयुर युवा क्लब ले युवाहरुलाई खेलकुद प्रति रुचि जगाउने उद्देश्यले निरन्तर खेलकुद प्रतियोगिता लगायतका कार्यक्रम गर्ने गरेको छ।

 

ज्ञानेन्द्र  पोख्रेल

बर्दिया /  यस वर्ष पनि बढैयाताल गाऊपालिका मा बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता को सातौ संस्करण हुने भएको छ । मयुर युवा क्लब र बढैयाताल गाऊपालिका वडा नं ८ को आयोजनामा हुने फुटवल प्रतियोगिता यहि फाल्गुन ३० गते देखि चैत्र ७ गते सम्म बढैयाताल वडा नं ८ को नयाँ बस्ती खेल मैदानमा हुने र यस खेलमा बर्दिया जिल्लाका सबै पालिकाका टिम सहभागी हुने जानकारी माघ २५ गते गरिएको पत्रकार सम्मेलनमा वडा नं ८का अध्यक्ष तेजनाथ पौडेल ले दिएका छन्।

खेल नकआउट चरणमा हुने र खेल मा प्रथम हुने टिमलाई १ लाख १ हजार १ सय ११ रुपैया र द्वितिय हुने टिम लाई ६० हजार १ सय ११ रुपैया ट्रफि मेडल र प्रमाणपत्रमा का साथै उत्कृष्ट खेलाडी , सर्वाधिक गोलकर्ता खेलाडी लगायतका लाई समेत पुरस्कार दिइने भएको छ भने यस फुटबल प्रतियोगिता सम्पन्न गर्न ८ लाख २ हजार २सय २२ रुपैया खर्च हुने आयोजकले बताएको थियो।

खेल सम्पन्न गर्ने बढैयाताल गाऊ पालिका वडा नं ८ ले १ लाख ७० हजार बजेट छुट्टाएको र अन्य बजेट को व्यवस्थापन बढैयाताल गाउपालिका , स्थानिय उद्योगी व्यवसायी, सहयोगदाता र प्रायोजक बाट गर्ने योजना रहेको आयोजकले जानकारी दिएको थियो ।

“खेलकुद हाम्रो शान : खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने नाराका साथ विगत वर्ष पहिले देखी नै यस मयुर युवा क्लब ले युवाहरुलाई खेलकुद प्रति रुचि जगाउने उद्देश्यले निरन्तर खेलकुद प्रतियोगिता लगायतका कार्यक्रम गर्ने गरेको छ।

आज सम्पन्न पत्रकार सम्मेलन मयुर युवा क्लव का ईश्वर बहादुर रानाको सभपतित्व मा भएको थियो भने कार्यक्रम मा वडा नं ८ का अध्यक्ष तेजनाथ पौडेल , लुम्बिनी प्रदेश फुटवल संघ का अध्यक्ष बिनय राज भण्डारी, पत्रकार महासंघ वर्दिया का अध्यक्ष निर्मल घिमिरे , छैठ्ठौ संस्करण का मुख्य प्रयोजक समाजसेवी प्रकाश कोईराला लगायत जनप्रतिनिधि, संघ संस्था का प्रतिनिधि विद्यालयका प्रधानाध्यापक, युवा सन्जालका सदस्यहरु , सन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP