Trend
मंगलबार , फागुण १९, २०८२

सिरहा कारागार तनावग्रस्त, कैदीहरूको प्रदर्शन जारी

प्रदर्शनकारी कैदीहरूले कारागारभित्र तोडफोड गर्ने, ढुंगा, भाँडाकुँडा र पानी बाहिर फाल्ने तथा सुरक्षाकर्मीलाई गाली गर्ने जस्ता गतिविधि गरिरहेका छन्। सम्भावित अप्रिय घटना हुनसक्ने भन्दै कारागार बाहिर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनै सुरक्षा निकाय परिचालन गरिएको छ।

अफजल खान

सिरहा / सिरहा कारागारमा कैदीहरूको प्रदर्शन अझै नियन्त्रणमा आउन सकेको छैन। सोमबार कारागारको अनुगमनका क्रममा नाइके इन्द्रजित यादवसहित १३ जनालाई बाहिर निकालिएपछि सुरु भएको तनावपूर्ण अवस्था निरन्तर जारी रहेको हो।

अनुगमनका बेला कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली, नगद १ लाख २० हजार रुपैयाँसहित चुरोट, सुर्ती लगायतका सामग्री फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखी अनुसन्धान भइरहेको छ।

तर, नाइके यादवलाई कारागारबाट हटाएर प्रहरी हिरासतमा राखिएपछि उनका समर्थक कैदीहरू आक्रोशित बनेका छन्। उनीहरूले कारागारभित्र आगजनी गर्दै प्रदर्शन सुरु गरेका थिए। सुरक्षाकर्मीले सोमबार बेलुकी पानीको फोहोरा प्रयोग गरी आगो नियन्त्रणमा लिए पनि कैदीहरूको विरोध रातभर जारी रह्यो।
प्रदर्शनकारी कैदीहरूले कारागारभित्र तोडफोड गर्ने, ढुंगा, भाँडाकुँडा र पानी बाहिर फाल्ने तथा सुरक्षाकर्मीलाई गाली गर्ने जस्ता गतिविधि गरिरहेका छन्। सम्भावित अप्रिय घटना हुनसक्ने भन्दै कारागार बाहिर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनै सुरक्षा निकाय परिचालन गरिएको छ।
यता, प्रशासनले स्थिति नियन्त्रणका लागि बल प्रयोग गर्ने तयारी थालेको जनाएको छ। संलग्न कैदीहरूलाई नियन्त्रणमा लिई अन्य कारागारमा सरुवा गर्ने योजना अघि बढाइएको छ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, “उनीहरूले अनावश्यक बदमासी गरिरहेका छन्, हामी आवश्यक कदम चाल्न बाध्य हुन्छौँ।”
स्थितिलाई कसरी नियन्त्रणमा लिने भन्ने विषयमा निर्णय गर्न जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको प्रजिअ पौडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP