Trend
मंगलबार , फागुण १९, २०८२

गुलरियामा चितुवाको आक्रमण, एकजना घाइते

स्थानीयवासीमा त्रास फैलिएको छ। वन्यजन्तुको आक्रमण बढ्न थालेपछि सम्बन्धित निकायलाई नियन्त्रण तथा सुरक्षाका लागि पहल गर्न स्थानीयले माग गरेका छन्।

अफजल खान

गुलरिया, फागुन १४ — गुलरिया नगरपालिका वडा नम्बर ७ चौगुर्जी गाउँमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्।
आज बिहान करिब ६:३० बजे खेतमा गहुँ हेर्न जाने क्रममा ४५ वर्षीय मधुसुदन गोडिया माथि चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ। चौगुर्जी गाउँबाट करिब १०० मिटर पश्चिमतर्फ भएको आक्रमणमा गोडियाको टाउको र दाहिने हातमा चोट लागेको छ।
घाइते गोडियालाई तत्कालै उपचारका लागि बर्दिया जिल्ला अस्पताल पुर्‍याइएको थियो। अस्पताल स्रोतका अनुसार प्राथमिक उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ र अवस्था सामान्य रहेको बताइएको छ।
स्थानीयवासीमा त्रास फैलिएको छ। वन्यजन्तुको आक्रमण बढ्न थालेपछि सम्बन्धित निकायलाई नियन्त्रण तथा सुरक्षाका लागि पहल गर्न स्थानीयले माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP