Trend
शनिबार , भाद्र २७, २०८३

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / बढैयाताल गाउपालिका वडा नं ६ मैनापोखर बाँसगढी सडक खण्ड मा ४४ वर्षिय पुरुष मृत अवस्थामा फेला परेका हुन् । बढैयाताल गाउपालिका वडा नं ६ र बाँसगढी नगरपालिका वडा नं ६ को सिमाना मोतिपुर जंगल मा रहेको चप्ला नाला पुल तल नालामा मृत अवस्थामा बाँसगढी नगरपालिका वडा नं ६ नारायणपुर घर भएका वर्ष ४४ का प्रकाश थारूलाई यहि फाल्गुन २० गते विहान मृत अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

निज प्रकाश थारू १९ गते राती १० ३० बजे बाँसगढी नगरपालिका वडा नं ६ को नारायणपुरमा रहेको घर बाट राती नै साईकिल लिएर हिडेका र विहान उक्त ठाउँमा मृत अवस्थामा भेटिएका थिए ।

निजका दाजु बुधराम थारुका अनुसार निज मदिरा सेवन गर्ने व्यक्ति भएको ले उक्त दिन पनि होली मनाउने क्रममा मदिरा सेवन गरेका र मदिराको तालमा घर बाट हिडेको हुन सक्ने र उक्त ठाँउमा आई पुग्दा चप्ला नालामा साधुरो पुल रहेको कारण अनियन्त्रित भई पुल बाट तल खस्दा मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरेका थिए।

निजको मृत्युमा कोही कसै माथी शंका समेत नरहेको कुरा उनले बताए भने निजले प्रयोग गर्ने साईकिल र १ थान मोवाईल घटनास्थलमा भेटिएको प्रहरी ले जानकारी दिएको छ भने निज मृतक को शब आवाश्यक प्रकृया पुऱ्याई आफन्त लाई जिम्मा दिईएको जानकारी ईलाका प्रहरी कार्यालय मैनापोखर बाट जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP