बर्दिया–१ मा रास्वपाको ऐतिहासिक जित ठाकुर सिंह थारु विजय
अफजल खान
बर्दिया,फागुन २४/ बर्दिया निर्वाचन क्षेत्र न. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ठाकुर सिंह थारु विजय भएका छन्। निर्वाचन परिणाम अनुसार थारुले ४९ हजार ६३१ मत प्राप्त गर्दै विजय भएका हुन।
उनका निकटतम प्रतिद्वन्दी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका संजय कुमार गौतमले १२ हजार ७२२ मत र नेपाली कम्युनिस्ट पार्टीका विष्णु प्रसाद चौधरीले ९ हजार २८५ मत पाएका छन्।






