निशुल्क महिला प्रजनन रुग्णता स्वस्थ्य शिविर बाट लाभ लिदै बढैयातालका महिलाहरु
ज्ञानेन्द्र पोख्रेल
बर्दिया /फागुन ३०/यहि मार्च ८ गते परेको ११६ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वास्थ्य शाखा र बढैयाताल गाउँपालिको आयोजनामा १ दिने निशुल्क प्रजनन रुग्णता स्वास्थ्य शिविर बढैयातालको प्राथमिक स्वास्थ्य केन्द्र सोरहवामा यहि फाल्गुन २९ गते सम्पन्न भएको छ ।
केयर सिटि अस्पताल नेपालगंज बाँकेसंगको सहकार्यमा सम्पन्न भएको शिविरमा केयर सिटी अस्पताल नेपालगंज बाँके का स्त्रीरोग विशेषज्ञ डा. राजन महत को प्राविधीक टोली सहित को टिमले महिला प्रजनन रूग्णता स्वास्थ्य परिक्षण शिविर मा सेवा प्रदान गरेको थियो भने ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुमा प्रजनन स्वास्थ्य सम्बन्धी अत्याधिक समस्या रहने गरेको र आर्थिक अभावका कारण अस्पताल पुगेर सेवा लिन नसक्ने महिलाहरु लाई मध्यनजर गरेर ११६ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बढैयाताल गाऊपालिका को आयोजनामा यस्तो निशुल्क स्वास्थ्य शिविर राखिएको बढैयाताल गाऊपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी ले जानकारी दिनुभयो । भने यस स्वास्थ्य शिविर वाट ३० वर्ष भन्दा माथिका महिलाहरुले प्रजनन स्वास्थ्य सम्बन्धी सेवा लिएका थिए साथै पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुको viA परिक्षण तथा भिडियो एक्सरे लगायतका अतिरिक्त सेवा र औषधी वितरण निशुल्क रुपमा गरिएको गरिएको थियो भने यस स्वास्थ्य शिविर बाट बढैयाताल गाऊपालिका भित्र रहेको जना महिलाहरुले यस शिविर बाट सेवा लिएको जानकारी बढैयाताल स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेल ले जानकारी दिएका थिए भने स्वास्थ्य शिविरको उद्घाटन बढैयाताल गाऊपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी ले सेवा लिई गरिएको थियो ।






