Trend
शुक्रबार , बैसाख ४, २०८३

 

ज्ञानेन्द्र पोख्रेल

बर्दिया /जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखर को आयोजनामा यहि चैत्र १० गते मैनापोखरमा नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यस बढैयाताल गाउपालिका क्षेत्रमा शान्ती सुरक्षा व्यवस्थापन, लागुऔषध नियन्त्रण, सडक दुर्घटना न्युनिकरण, चोरी तस्करी नियन्त्रण , मानव वेचविखन तथा प्रहरी ले प्रदान गर्ने सेवा सुविधा लगायतका विषयमा सरोकारवाला विच नागरिक सुनवाई तथा अन्तरक्रिया गरिएको ईलाका प्रहरी कार्यालय मैनापोखर ले जानकारी दिएको छ।

ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रहरी निरीक्षक अच्युत गिरी को सभापतित्व मा भएको कार्यक्रम मा प्रमुख अतिथि बढैयाताल गाऊपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी रहनु भएको थियो ।

अतिथिहरु मा सबै वडाका वडाध्यक्ष हरु , जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख सन्दीप बेल्बासे , जनप्रतिनिधि हरु, नागरिक समाजका संयोजक बालकृष्ण लामिछाने ,बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष , उपाध्यक्ष लगायत बजार समितिका अध्यक्ष हरु , पालिका स्तरिय राजनैतिक दलका अध्यक्ष तथा संयोजकहरु, विभिन्न टोलका बडघरहरु, नागरिक अगुवाहरु, महिला सन्जालका सदस्यहरु, सहकारी का प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधिहरु, क्याम्पसका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम मा उपस्थित सरोकारवाला व्यक्तिहरुले भारतिय खुल्ला सिमाको कारण बढेको लागुऔषध को विगविगी ले युवाहरु दलदलमा फस्दै गइरहेको हुदाँ लागु औषध नियन्त्रण गर्ने नागरिक र प्रहरी संगसंगै हातेमालो गरी लाग्नु पर्ने कुरामा जोड दिएका थिए।

शान्तीसुरक्षा , लागुऔषध नियन्त्रण , चोरी निकासी लगायतका विषयमा उठेका प्रश्नको जवाफ ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रमुख प्रहरी निरीक्षक अच्युत गिरी र ट्राफिक व्यवस्थापन, सडक सुरक्षा लगायतका विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिया का प्रमुख सन्दीप बेलबासे का साथै समग्र बढैयातालको विकाश निर्माण , स्थानिय सरकार को भुमिका विषयमा बढैयाताल गाउपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीबाट स्पष्ट पारिएको थियो । भने कार्यक्रममा बोल्ने अधिकांश सहभागी हरुले यस बढैयाताल क्षेत्र भारतीय सिमा संग जोडिएको पालिका भएको कारण नजिकैका भारतीय बजारमा खुल्ला रूपमा लागुऔषध बेचविखन हुने भएकोले यस क्षेत्र लागुऔषध सेवन र ओसार पसारको हव बन्दै गएकोमा यसले बिकराल रुप लिन सक्ने हुदाँ बेलैमा यस तर्फ सबैको ध्यान जानुपर्ने बताएका थिए ।

नजिकैका भारतीय लौकाही र बलैगाउ वजार रहेको र यि बजार हरुमा खुल्ला रूपमा लागु औषध खरिद गर्न पाउने भएकोले नेपाली युवा युवतीहरु ति बजार सम्म निर्वाध रुपमा पुग्न सक्ने भएकोले समस्या अझ विकराल बन्न सक्ने हुदाँ यस्ता कृयाकलाप नियन्त्रण गर्न बेलैमा साझा धारणा बनाएर सबै लाग्नु पर्ने कुरामा जोड दिइएको थियो । गाऊ घरमा लागु औषध दुर्व्यसनी का कारण युवा युवतीहरु कुलत तथा चोरी कार्य गर्ने संलग्न हुने गरेको ले समाजमा समस्या बढ्दै गैरहेको सहभागीहरु ले बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP