Trend
शुक्रबार , बैसाख ४, २०८३
स्कुटीको को ठक्कर बाट दुई बालबालिका घाइते

नेपालगंज गुलरिया सडक फोरलेन बने पश्चात यस सडकमा दिनहुँ जसो दुर्घटना बढि रहेका छन् भने दुर्घटना न्युनिकरण को लागी नेपाल प्रहरी र ट्राफिक प्रहरी ले दिनहुँ जसो सचेतना कार्यक्रम सञ्चालन गरिरहेको भएता पनि दिनहुँ दुर्घटना बढिरहेको तथ्यांकले देखाउछ

 

बर्दिया /  नेपालगंजवाट गुलरिया तर्फ जादै गरेको स्कुरीको ठक्कर बाट बर्दियाको मैनापोखरमा दुई बालवालिका घाईते भएका छन् ।

यहि चैत्र १३ गते दिनका अन्दाजी १२.३० बजे भएको दुर्घटनामा जुम्ला जिल्ला चन्दननाथ नगरपालिका नगरपालिका वडा नं ९ घर बताउने वर्षे ५९ का शिव प्रसाद उपाध्यायले चलाएको भे १४ प १९४ नं को स्कुटी ले नेपालगंज गुलरिया हुलाकी राजमार्गको बढैयाताल वडा नं ६ मैनापोखर को शान्तीचोक मा बाटो क्रस गर्न लागेका बढैयाताल वडा नं ६ मैनापोखर का वर्ष ९ की आतिका थारू र वर्ष ५ का एलिन थारू लाई ठक्कर दिँदा बालवालिका घाईते भएका हुन्।

घाइते बालवालिका हरुलाई टाउँको र खुट्टामा चोट लागेकोले उपचारको लागि नेपालगेज पठाईएको र बालवालिका अवस्था सामान्य नै रहेको प्रहरीले जानकारी दिएको छ।

स्कुटी चालक पनि सामान्य घाइते भएकोले स्थानिय मेडिकलमा उपचार गरिएको थियो भने चालक र स्कुटी प्रहरी नियन्त्रण मा रहेका छन् ।

नेपालगंज गुलरिया सडक फोरलेन बने पश्चात यस सडकमा दिनहुँ जसो दुर्घटना बढि रहेका छन् भने दुर्घटना न्युनिकरण को लागी नेपाल प्रहरी र ट्राफिक प्रहरी ले दिनहुँ जसो सचेतना कार्यक्रम सञ्चालन गरिरहेको भएता पनि दिनहुँ दुर्घटना बढिरहेको तथ्यांकले देखाउछ भने यस विषयमा यस सडकमा यात्रा गर्ने पैदलयात्री तथा सवारी चालक लगायत व्यक्तीहरु सचेत हुन जरुरी रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP