Trend
बुधबार , बैसाख २, २०८३

मैनापोखर शारदा बहुमुखी क्याम्पसको साधारण सभा सम्पन्न:-

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / बढैयाताल गाऊपालिकाको एक मात्र सामुदायिक क्याम्पस मैनापोखर शारदा बहुमुखी क्याम्पसको आठौ अधिवेशन तथा साधारण सभाको औपचारिक कार्यक्रम आज बढैयाताल गाऊपालिका वडा नं ६ मैनापोखर क्याम्पस परिसरमा सम्पन्न भएको छ ।

क्याम्पसका अध्यक्ष प्रेम राज त्रिपाठीको सभापतित्वमा भएको उदघाटन कार्यक्रमका प्रमुख अतिथि बर्दिया क्षेत्र नम्बर एक बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारू रहेका थिए ।

कार्यक्रम विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा का सदस्य भुवनेश्वर चौधरी बढैयाताल गाउपालिकाका अध्यक्ष हिमालय त्रिपाठी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी बढैयाताल गाउपालिका का संस्थापक अध्यक्ष लाल बहादुर श्रेष्ठ , सबै वडाका वडाध्यक्ष हरु , कार्यपालिका सदस्य हरु , नागरिक समाज का संयोजक बालकृष्ण लामिछाने , सबै राजनैतिक दलका अध्यक्षहरु तथा प्रतिनिधीहरु विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, क्याम्पस संन्चालक समितिका सदस्यहरु , क्याम्पसका अजिवन तथा साधारण सदस्यहरु , क्याम्पसका विद्यायीहरु, गाऊका वडघरहरु, सामुदायिक वन अध्यक्षहरु , संन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा क्याम्पसको प्रतिवेदन कार्यक्रमका सभापति प्रेम राज त्रिपाठी ले प्रस्तुत गर्दै आफ्नो कार्यकाल पूरा भएको र क्याम्पसको समग्र विकासको लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुऱ्याउने सन्चालक समितिका सदस्य हरु , सल्लाहकार समिति का संयोजक तथा सदस्यहरु, शिक्षक कर्मचारी, स्ववियु सभापति तथा सम्पूर्ण विद्यार्थी भाई बैनीहरु लगायत लाई धन्यवाद दिएका थिए ।

लुम्बीनी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको चार कोठे भवनको उद्घाटन समेत कार्यक्रम का प्रमुख अतिथि ले गरेका हुन् थिए भने कार्यक्रममा क्याम्पसमा नतिजामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो भने कार्यक्रममा प्रमुख अतिथि, अतिथी र क्याम्पसको समग्र विकासमा योगदान पुऱ्याउने व्यक्तित्व हरु समेत लाई कदरपत्र र मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै कार्यक्रम का प्रमुख अतिथि ढाकुर सिंह थारू ले भन्नु भयो जब सम्म प्राविधिक शिक्षामा विधार्थी लाई जोडन सकिदैन तब सम्म रोजगारी को सम्भावना कम हुने भएकाले अबको शिक्षा प्राविधिक शिक्षा सञ्चालन लागी सबै लाग्नु पर्ने कुरामा जोड दिनु भयो यसै प्रसङ्गमा भारतमा मार्स्टस डिग्री गरेका समेत जुतामा पालिस लगाउने काम गर्ने बाध्य भएको बताएका थिए र क्याम्पस सञ्चालनको लागि अब बन्ने सन्चालक समिति मा तेरो र मेरो नभनि सक्षम र योग्य व्यक्तीहरु लाई पठाउनु पर्ने बताए ।

यसै गरी कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले क्याम्पस विद्या आर्जन गर्न थलो भएकोले यसमा राजनिति नगरी योग्य सक्षम र इमान्दार व्यक्तिहरु संन्चालक समिति सर्वसम्मत चयन गर्नु पर्ने बताएका थिए । भने समय अभावको कारण सञ्चालक समिति चयनको प्रक्रिया सर्वसम्मत हुन नसके पछि अर्को दिन पुन सन्चालक समिति गठन प्रकृया गर्ने गरि उद्घाटन सत्रको कार्यक्रम समापन गरिएको थियो भने यस क्याम्पस मा आजिवन र अन्य सदस्यहरु गरी २ सय ४८ जना सदस्य हरु रहेका छन् भने यि सदस्यहरु मध्ये बाट मात्र संन्चालक समिति गठन हुने विधानमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP