Trend
बुधबार , बैसाख २, २०८३

कृषि सम्बन्धी योजना तर्जुमा गोष्ठी सम्पन्न

ज्ञानेन्द्र पोख्रेल

बर्दिया /कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लुम्बीनी प्रदेश र एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाको संयुक्त आयोजनामा निर्वाचन क्षेत्र लक्षित आवाश्यकता पहिचान सम्बन्धी अन्तरक्रिया तथा योजना तर्जुमा गोष्ठी यहि चैत्र १८ गते बढैयाताल गाऊपालिकाको मैनापोखरमा सम्पन्न भएको छ ।

बाँसगढी नगरपालिका र बढैयाताल गाऊ पालिका का प्रमुख , उप प्रमुख , वडा अध्यक्ष हरु र यस क्षेत्रका सहकारीमा आबद्ध अगुवा कृषकहरु सहभागी कृषि सम्बन्धी आवश्यकता पहिचान गरी लुम्बीनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागी बजेट विनियोजन गर्दा पेश गर्ने गरी समस्याहरू लिपिबद्ध गरी प्रस्तुतिकरण गरिएको थियो भने कार्यक्रम मा लुम्बीनी प्रदेश सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यावसायीकरण को लागी गरेको रणनैतिक योजना र कार्यक्रम सञ्चालन बारे , कृषि का उपलब्धी र बजेट विनियोजन को अवस्था लगायतको विषयको प्रतिवेदन बिऊ बिजन प्रयोगशाला खजुरा बाँके का प्रमुख मुकेश राम्जाली ले प्रस्तुत गरेका थिए भने यस कार्यक्रम मा बाँसगढी नगरपालिका र बढैयाताल गाऊपालिका का जनप्रतिनिधि तथा सहकारीमा आबद्ध अगुवा कृषक हरुले आआफ्नो पालिका भित्रका कृषि, पशुपालन, दुग्ध उत्पादक तथा तरकारी उत्पादक का साथै माछा उत्पादक किसानहरू को जिवनस्तर उकास्ने सवालमा आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने गरी लुम्बीनी प्रदेश सरकार संग माग गर्ने योजनाहरू उल्लेख गरि खाका प्रस्तुत गरिएको थियो । भने कार्यक्रम मा प्रमुख अतिथि लुम्बीनी प्रदेश सरकार का निर्वाचन क्षेत्र नं १ का सांसद भुवनेश्वर थारू ले किसान का समस्याहरू मा आफु जानकार रहेको बताउँदै आजको अन्तरक्रिया कार्यक्रम आएका किसानका समस्या समाधान गर्न आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने यस कार्यक्रम एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम का प्रमुख अतिथि लुम्बीनी प्रदेश का माननिय सांसद भुवनेश्वर थारू, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी , बाँसगढी नगरपालिका उप प्रमुख ईन्दीरा चौधरी, बढैयाताल उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी दुबै पालिका का वडा अध्यक्ष हरु , विऊ बिजन प्रयोगशाला खजुरा बाके का प्रमुख मुकेस राम्जाली, दुग्ध सहकारी संघ का केन्द्रीय सदस्य इन्द्र प्रसाद लुईटेल, भाटो विज्ञ आशिष पाठक, पशुविकाश अधिकृत निम कुमार आचार्य, मत्स्य विकास अधिकृत विनोद मल्ल ,वाँगवानी विकाश अधिकृत रुपेश कुमार ओली , दुवै पालिका भित्र रहेका सहकारी संस्था हरुमा आवद्ध अगुवा कृषक लगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रम मा बोल्दै एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया का प्रमुख कमला अधिकारी ले भन्नु भयो तपाई कृषकहरु ले जुन उत्साह लिएर कार्यक्रम मा आउनु भएको छ तपाईहरुले छलफल गरेर जुन कार्यक्रम माग गर्नु भएको छ हामी ति सबै तपाईहरुका योजनाहरू लाई हुबहु लुम्बिनी प्रदेश सरकारको कृषि भूमि व्यवस्था तथा पशुपक्षी विकास मन्त्रालय मा पठाउछौ साथै हाम्रो कार्यालयमा समेत दस्तावेजीकरण गरी राख्नेछौ यसले हामी लाई समेत योजना र निति तथा कार्यक्रम बनाउदा मदत पुग्नेछ र सोही अनुसार निति तथा कार्यक्रम बनाएर पेश गर्नेछौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP