Trend
बुधबार , बैसाख २, २०८३

६९ औ सहकारी दिवश बढैयाताल मा विविध कार्यक्रम गरी मनाईयो

ज्ञानेन्द्र पोख्रेल

बर्दिया/ उद्यमशिलता र पारदर्शिता सहकारीको प्राथमिकता भन्ने नाराका साथ ६९ औ राष्ट्रिय सहकारी दिवश आज चैत्र २० गते बढैयाताल गाऊपालिका को वडा नं ७ को भगवती दुग्ध उत्पादक सहकारी संस्था परिसर मा भब्य कार्यक्रम गरि सम्पन्न गरिएको छ ।

Atv News 

सहकारी सन्जाल बढैयाताल को आयोजना र बढैयाताल गाऊपालिका को समन्वयमा भएको कार्यक्रममा बढैयाताल गाऊपालिका भित्र रहेका ५३ वटा सहकारी संस्था मध्ये सक्रिय ३४ वटा सहकारी संस्था सहभागी रहेका थिए भने आज भएको कार्यक्रममा बढैयाताल गाऊपालिका भित्र रहेका सहकारी संस्था हरु र सहकारी का उत्कृष्ट कर्मचारी समेत लाई सम्मान गरिएको थियो साथै यस कार्यक्रममा सहकारीमा आबद्ध किसानहरू ले आफुले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री स्टलहरू समेत राखीएको थियो । कार्यक्रम बढैयाताल सहकारी सन्जालका संयोजक बिष्णु प्रसाद लम्सालको अध्यक्षतामा भएको थियो भने कार्यक्रम का प्रमुख अतिथि बढैयाताल गाऊपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी ,बिशिष्ट अतिथी प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू, विशेष अतिथि बढैयाताल गाउँपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु ,केन्द्रीय सहकारी संघ का सञ्चालक सदस्य हरिबहादुर अधिकारी, दुग्ध उत्पादक केन्द्रीय सहकारीका संचालक सदस्य इन्द्र प्रसाद लुईटेल, कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तव , बढैयाताल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिपक खनाल , जिल्ला समन्वय समितिका सदस्य पुरैलाल थारू, सहकारी संस्थाका अध्यक्ष हरु तथा सदस्यहरू सहकारीमा आबद्ध किसान हरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा सहकारी सन्जाल बढैयातालका संयोजक विष्णु प्रसाद लम्साल ले बढैयाताल गाऊपालिका भित्र रहेका सहकारी संस्था को अवस्था सहकारी ले गरेका कार्यका साथै सहकारी सञ्चालनमा रहेका चुनौती र सम्भावना लगायतको प्रतिवेदन प्रस्तुत गरेका थिए भने केन्द्रीय सहकारी संघ का केन्द्रीय सदस्य हरि बहादुर अधिकारी ले अधिकांश सहकारी विधि पद्धति र नियम अनुसार नचलेका हुदाँ यस्ता सहकारीहरू को नियमित अनुगमन गरी बिधि , पद्धतिमा ल्याउन सहकारी सन्जाल र स्थानिय सरकार लाग्नु पर्ने मा जोड दिए । यसै गरी कार्यक्रम मा दुग्ध उत्पादक सहकारी केन्द्रीय संघ का सन्चालक सदस्य ईन्द्र प्रसाद लुईटेल ले सहकारी हरुले आफ्ना सदस्यहरु लाई व्यवसायीक किसान वन्न प्रोत्साहन गर्नु पर्ने उत्पादन मा जोडी आयआर्जन बढाउन लाग्नु पर्ने बताए साथै अहिले बढैयाताल क्षेत्र दुग्ध उत्पादनमा आत्मनिर्भर बन्दै गईरहेको अवस्थामा दुग्ध उत्पादन क्षेत्रमा स्थानिय सरकार ले समेत अनुदानका कार्यक्रम सञ्चालन गर्नु पर्ने कुरा मा जोड दिनुभयो भने यसै कार्यक्रम कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तव, उद्योग वाणिज्य संघ का उपाध्यक्ष दिपक खनाल, सहकारी अभियान्ता कौशिल्या सिंह ठकुरी लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम का प्रमुख अतिथि लक्ष्मी कुमारी अधिकारी ले सहकारीहरू लाई व्यवस्थित र मर्यादित बनाउने स्थानिय सरकार को दायित्व भएकोले चलायमान सहकारीहरू लाई स्थानिय सरकार ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो साथै उहाँले भन्नुभयो सहकारीहरू ले आफ्ना शेयर सदस्यहरुलाई लाई उत्पादन मा जोडी व्यवसायी बनाई आय आर्जन मा जोडनु पर्ने कुरामा जोड दिनुभयो भने स्थानिय सरकार ले किसानहरुको लागी विऊविजन, सिचाई मोटर, यान्त्रिक उपकरण लगायतका विषयमा सहयोग गरेको र अबका दिनहरुमा पनि यस्तै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम मा स्वागत मन्तव्य सहकारी अभियान्ता शोभा अधिकारी ले गरेकी थिइन् ‘

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP