शारदा बहुमुखी क्याम्पसको अध्यक्ष मा भगत नेपाली निर्वाचित
ज्ञानेन्द्र पोख्रेल
बर्दिया- बढैयाताल गाऊपालिका भित्र रहेको एक मात्र समुदायिक क्याम्पसको अध्यक्षमा भगत नेपाली रहेको सन्चालक समिति निबिरोध निर्वाचित भएको औपचारिक घोषणा सहित शपथ ग्रहण कार्यक्रम सम्पन्न।

Atv News
यहि चैत्र २२ गते सम्पन्न भएको छ । बढैयाताल गाऊपालिका वडा नं ६ को मैनापोखर मा रहेको मैनापोखर शारदा बहुमुखी क्याम्पसको यहि चैत्र १४ गते भएको साधारण सभा तथा आठौ अधिवेशन बाट सहमतीमा संन्चालक समिति गठन हुन नसकेपछि निर्वाचन मण्डल ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो सोही कार्यतालिका अनुसार उम्मेदवारी दर्ता यहि चैत्र १५ गते सम्पन्न भएको थियो।

Atv News
सोही अनुसार मैनापोखर शारदा बहुमुखी क्याम्पस बढैयाताल को आठौ अधिवेशन तथा साधारण सभा ले निर्वाचन प्रकृया बाट सन्चालक समिति गठन को लागी कार्यतालिका सार्वजनिक भए बमोजिम मनोनयन दर्ता गराएका सदस्य हरु को मनोनयन दर्ता आवाश्यक संख्या भन्दा बढी नपरेको अवस्थामा निबिरोध निर्वाचित हुने भएकोले यहि चैत्र १५ गते साँझ निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो भने निर्वाचित हुने क्याम्पस संञ्चालक समितिको सपथग्रहण यहि चैत्र २२ गते आईतवार सम्पन्न भएको छ ।

Atv News
निर्वाचित सन्चालक समिति को अध्यक्षमा भगत बहादुर नेपाली र सदस्यहरूमा दिनबन्धु यादव, हरिहर चौधरी, राम बहादुर बोहोरा ,साबिर हुसैन खाँ, गोमा पौडेल, मैनादेवी सापकोटा, नेत्र प्रसाद सापकोटा, भोदु प्रसाद थारू, प्रदिप चौधरी ,भुपाल पुन र सदस्य सचिवमा क्याम्पस प्रमुख पुष्प वहादुर रावल रहेका छन् भने निर्वाचित संन्चालक समितिका अध्यक्ष भगत वहादुर नेपाली ले आजै पदभार ग्रहण गरेको जानकारी निर्वाचन समितिका संयोजक ढाकाराम लामिछाने ले दिएका छन् भने शपथ ग्रहण कार्यक्रम क्याम्पसका निर्वतमान अध्यक्ष प्रेम राज त्रिपाठीको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथिहरुले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।






