Trend
बिहिबार , जेठ २८, २०८३

नस्रुदिन सेषको निधनसँगै नेपाली राजनीतिक क्षेत्रले एक स्पष्ट विचार बोकेको, निडर र सक्रिय नेतालाई सधैंका लागि गुमाएको छ।

अफजल खान्✍️

बर्दिया /चैत २३

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य, मुस्लिम आयोगका पूर्व अध्यक्ष तथा पूर्व उपसभापति नस्रुदिन सेषको निधन भएको छ।उहाँको सोमबार आफ्नै निवासमा निधन भएको      पारिवारिक स्रोतले  जनाएको छ।

उनको निधनसँगै नेपाली राजनीतिले स्पष्ट विचार र धार बोकेको एक अनुभवी नेताको क्षति बेहोरेको छ।


सेष लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका थिए। विशेषगरी राजा सहितको हिन्दु राष्ट्रको पक्षमा खुलेर वकालत गर्ने नेताका रूपमा उनी परिचित थिए। आफ्नो राजनीतिक यात्रामा उनले सधैं स्पष्ट विचार, दृढ अडान र वैचारिक प्रतिबद्धता प्रस्तुत गर्दै आएका थिए।
मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा छुट्टै पहिचान बनाएका सेषले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै योगदान पुर्‍याएका थिए।
उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP