किसान कार्ड वितरण सम्बन्धी समन्वय बैठक सम्पन्न:-
ज्ञानेन्द्र पोख्रेल
बर्दिया / किसान कार्डको अभावमा किसानहरुलाई दिने रासायनिक मल विऊ बिजन तथा अन्य अनुदानका कार्यक्रम सञ्चालनमा एक रूपता कायम गर्ने उद्देश्यले विगत वर्ष देखनै बढैयाताल गाऊँ पालिका भित्र रहेका किसानहरूले किसान कार्डको व्यवस्था गर्ने स्थानिय सरकार संग माग गर्दै आईरहेकोमा बढैयाताल गाऊपालिकाले कृषि शाखा संग समन्वय गरि किसान कार्ड वितरणको तयारी गरेको जानकारी बढैयाताल कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तबले दिएका छन्।
यसै सन्दर्भमा आज बढैयाताल गाऊपालिका मा बढैयाताल गाऊपालिका भित्र रहेका सहकारीका अध्यक्ष र व्यवस्थापक लगायत वडा अध्यक्ष हरु र किसानका प्रतिनिधि सहितको किसान कार्ड वितरण सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ बढैयाताल गाऊपालिका का कार्यवाहक अध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा किसान कार्ड वितरण सम्बन्धी जानकारी तथा किसान कार्ड लाई व्यवस्थित र प्रभावकारी प्रयोग कसरी गर्ने भन्ने विषयमा बढैयाताल गाऊपालिका कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तव ले जानकारी गराएका थिए भने बढैयाताल गाऊपालिका भित्र रहेका २५ बटा सहकारी संस्था मार्फत किसान कार्ड वितरण गर्ने र बितरण गरिएको किसान कार्ड को सम्पुर्ण जानकारी कृषि शाखामा डाटा वेस मार्फत राखिने भएको छ भने किसान कार्ड मा सुचिकृत हुने किसानहरु ले आ -आफ्नो पायक पर्ने सहकारी संस्था मा गई किसान कार्ड भर्न सक्ने व्यवस्था गरिएको जानकारी दिइएको थियो भने किसान कार्ड मा सुचिकृत हुने किसान ले आफु संग भएको जग्गा जमिन, परिवार सदस्य संख्या , पशु चौपाय लगायतको विबरण यथार्थ दिनु पर्ने छ भने किसान कार्ड वितरण को लागी केही दिन लाग्ने र कार्ड वितरण सम्बन्धी जानकारी र कम्प्युटरमा कसरी डाटा राख्ने भन्ने सम्बन्धमा सहकारीका व्यवस्थापक लाई १ दिने तालिम यहि चैत्र २७ गते संन्चालन गर्ने र सो तालिम पश्चात कार्ड वितरण गर्ने शुरू गर्ने जानकारी गराईएको थियो भने हाल लाई २५ वटा सहकारी मार्फत १२ हजार ५ सय कार्ड वितरण गर्ने र क्रमश किसानहरुको सहभागीताको आधारमा थप कार्ड आवश्यकता अनुसार वितरण गरिने भएको छ भने किसान कार्ड वितरण भए पश्चात किसानहरुलाई दिइने सबै प्रकारका सेवा सुविधा अनुदान वितरणमा एक रुपमा आउने भएकोले किसानहरुका गुनासा कम हुदै जाने अपेक्षा गरिएको कुरा बढैयाताल गाउपालिका कार्यवाहक अध्यक्ष लक्ष्मी कुमारी अधिकारी ले बताईन ।




