Trend
मंगलबार , भाद्र ३०, २०८३

चितुवाको आक्रमणबाट बर्दियामा दुई जना घाइते

ज्ञानेन्द्र पोख्रेल

बर्दिया — चितुवाको आक्रमणबाट बर्दियामा दुई जना स्थानीय घाइते भएका छन्। घाइते हुनेमा राजापुर नगरपालिका–९ इश्वरिगन्जका शिबराज सेजुवाल र देबिराम बस्नेत रहेका छन्।
प्रहरीका अनुसार मकैबारीमा लुकेर बसेको चितुवालाई लखेट्ने क्रममा उनीहरू घाइते भएका हुन्। चितुवा देखिएपछि निकुञ्जको डाँक टोली बोलाइएको भए पनि टोली अन्यत्र व्यस्त रहेकाले तत्काल पुग्न सकेको थिएन। त्यसपछि सुरक्षाकर्मी र स्थानीयले मकैबारी क्षेत्रमा निगरानी बढाएका थिए।
भारतीय जंगल नजिकैको क्षेत्र भएकाले चितुवालाई होहल्ला नगरी सुरक्षित रूपमा फर्काउने योजना बनाइए पनि स्थानीयवासी आफैं चितुवालाई धपाउन जाँदा घटना भएको प्रहरीले जनाएको छ।
घाइते सेजुवाललाइ उपचारको लागि स्थानिय स्वास्थ्य केन्द्र लगिएको स्थानीय महेश चौधरीले जानकारी दिनुभयो । घटनापछि उक्त क्षेत्रमा सतर्कता बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP