Trend
बुधबार , बैसाख २, २०८३

पूर्व विद्यार्थी पुर्नमिलन कार्यक्रम सम्पन्न:-

ज्ञानेन्द्र पोख्रेल

बर्दिया /बढैयाताल गाऊपालिका वडा नं ६ मैनापोखरमा रहेको शारदा माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी हरुको पूर्नमिलन कार्यक्रम यहि चैत्र २८ गते विद्यालय प्राङ्गणमा मा सम्पन्न भएको छ ।

यस शारदा माध्यमिक विद्यालयमा २०४२ साल देखी २०४७ साल सम्म अध्ययन गरेका करिब ५० जना पूर्व विद्यार्थी हरु यस कार्यक्रममा सहभागी भएका थिए । यसै विद्यालय का पूर्व विद्यार्थी गिता थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मा प्रमुख अतिथि यसै विद्यालयका पूर्व विद्यार्थी प्रेम राज त्रिपाठी रहनु भएको थियो भने अतिथि हरु बाँसगढी नगरपालिका का पूर्व मेयर शालीक राम अधिकारी, शारदा माध्यामिक विद्यालयका विधालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द त्रिपाठी, शिक्षक तथा समाजसेवी हितराज सुवेदी लगायत रहेका थिए भने यस पूर्व विद्यार्थी मिलन कार्यक्रममा पूर्व विधार्थी हरू विच आउदै गरेको नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान गरिएको थियो भने यस कार्यक्रम मा लामो समय पछि भेट भएका पूर्व विद्यार्थी हरु एक आपसमा भेट हुदाँ भावविहल समेत बनेका थिए भने आज भएको भेला ले पूर्व विद्यार्थी समाज नाम गरेको संस्था दर्ता गरी प्रत्येक वर्ष रचनात्मक कार्यक्रम गरी यस शारदा माध्यामिक विद्यालय संग सहकार्य गर्दे अगाडी बढ्ने, प्रत्येक वर्ष चैत्र को अन्तिम शनिवार पूर्व विद्यार्थीहरुको भेला गर्ने निर्णय गरेको छ । भने यस कार्यक्रम मा पूर्व विद्यार्थीहरुको हैसियतले कार्यक्रम का प्रमुख अतिथि प्रेम राज त्रिपाठी, बाँसगढी नगरपालिका का पूर्व मेयर शालीक राम अधिकारी, बढैयाताल गाऊपालिका का पूर्व प्रशासकिय अधिकृत अर्जुन सुवेदी, नेपालगंज उद्योग वाणिज्य संघका महासचिव भिम बहादुर रानाभाट , कैलाली मत्स्य व्यवसायी संघ का अध्यक्ष श्रीकृष्ण गिरी, शिक्षक हितराज सुवेदी , शिक्षक कमल सुवेदी लगायते शुभ कामना मन्तव्य व्यक्त गरेका थिए । साथै यस कार्यक्रममा पूर्व विधार्थी समाज नाम गरेको संस्था दर्ता गर्ने को लागि कमल सुवेदीको संयोजकत्वमा समिति गठन गरेको छ भने यस समितिले संस्थाको विधान तयार गरी संस्था दर्ता प्रकृया समेत गर्ने अधिकार भेलाले दिएको जानकारी गराईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP