Trend
बुधबार , बैसाख २, २०८३

बढैयाताल को सिमरा मा भिषण आगलागी

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / बढैयाताल गाऊपालिका वडा नं ३ सिमराको प्रतिटोल भन्ने ठाँउमा बैषाख १ गते दिउसो ठुलो आगलागी भएको छ ।

दिनको करिब ३ बजेको समयमा गहुँ काटेको खेत बाट लागेको आगो ले सोही ठाउँका साईबवा को घर गोठ जलेर नष्ट भएको छ । उक्त आगलागी नेपाल प्रहरी, शसत्र प्रहरी र स्थानिय बासिन्दा तथा बाँसगढी नगरपालिकाको दमकल को सहायताले करिब तीन घण्टा पछि आगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रहरी निरीक्षक अच्चुत गिरी ले जानकारी दिएका थिए भने प्रहरी निरीक्षक आफै आगलागी नियन्त्रणमा खटिएका थिए भने आगोलागी मा स्थानिय . साईबावा को घर गोठ अन्नपात लत्ताकपडा खाद्यान्न लगायत नगद समेत जलेर नष्ट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने आगलागीबाट केही बाख्रा र कुखुरा र नगद १ लाख रुपैया समेत जलेको घरधनि ले बताएका छन् भने आगलागी गहुँ काटेको खेत मा लगाएको आगो बाट आगो सल्लीएको प्रारम्भिक अनुमान गरिएको र आगलागीबाट निज घरधनिको ठुलो क्षति भएको छ भने आगलागी दिउसोको समयमा भएको र हावाँ चलेको कारण करिब दश कठ्ठा गहुँ बाली मा समेत क्षति भएको छ भने वेलैमा दमकल नआएको भए नजिक ठुलो गाऊ रहेको र धेरै क्षेत्रफलमा नकाटेको गहुँ बाली समेत गरेको ले अझ बढी क्षति हुने वडा नं ३ का वडाध्यक्ष लल्लन अहिर ले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP