सबारी दुर्घटना न्युनिकरण अभियान मा ट्राफिक प्रहरी
सवारी साधनको छतमा बसेर यात्रा नगरौ, सिट बेल्टको प्रयोग गरौ, तिव्र गतिमा सवारी साधन नचलाऔ, मादक पदार्थ सेवन गरी सवारी नचलाऔ, सवारी साधन चलाउदा मोबाइल फोन को प्रयोग नगरौ
ज्ञानेन्द्र पोख्रेल
बर्दिया / बर्दियाको बढैयाताल गाऊपालिका वडा नं ३ भोलागौडी वजारमा सडक सुरक्षा, सवारी दुर्घटना न्यूनिकरणक लागि चालक र सहचालक लक्षित जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम यहि बैषाख ४ गते देखि सम्पन्न भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको आयोजना र जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको सहकार्यमा संन्चालन गरिएको सचेतनामुलक कार्यक्रम मा नेपालगंज गुलरिया हुलाकी राजमार्ग मा चल्ने ठुला साना सबै सवारी साधनहरूमा सचेतनामुलक सन्देश लेखिएका स्टिकर टाँसिएको थियो।
बढैयाताल गाऊपालिका वडा नं ३ भोलागौडी बजारमा भएको कार्यक्रम मा त्यस क्षेत्रमा चल्ने ठुला साना सवारी साधन र अटो रिक्सा का चालक तथा सहचालकहरुलाई ट्राफिक प्रहरी कार्यालय बर्दिया का ट्रा.प्र .ना नि राघव सिंह राठौर र जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जन स्वास्थ्य अधिकृत देव नारायण उपाध्याय ले सचेतनमुलक अभिमुखिकरण दिएका थिए।
यसरी विगत केही दिनदेखि बर्दिया जिल्लाका सबै प्रमुख बजार हरूमा सडक सुरक्षा, सवारी दुर्घटना न्युनिकरण गर्न उद्देश्यले ट्रार्फिक सचेतना कार्यक्रम अभियानको रुपमा सञ्चालन गरिएको जानकारी ट्राफिक प्रहरी नायव निरीक्षक राघव सिंह राठौर ले दिएका थिए । साथै यस सचेतना मुलक कार्यक्रम मा सवारी साधनको छतमा बसेर यात्रा नगरौ, सिट बेल्टको प्रयोग गरौ, तिव्र गतिमा सवारी साधन नचलाऔ, मादक पदार्थ सेवन गरी सवारी नचलाऔ, सवारी साधन चलाउदा मोबाइल फोन को प्रयोग नगरौ लेखिएका सचेतनमुलक स्टिकर टाँस गरिएको थियो ।
कार्यक्रम मा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिया का प्र ना नि राघव सिंह राठौर, प्र .ह रणघिर सिंह धामी, प्र. ह ओमकार थारू , प्र. ज चक्र थापा , ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रहरी कर्मचारी, जिल्ला स्वास्थ्य कार्यालय बर्दिया का जन स्वास्थ्य अधिकृत देव नारायण उपाध्याय र सन्देश पौडेल का साथै सन्चारकर्मी , नागरिक समाज को उपस्थिती रहेको थियो ।





