Trend
बुधबार , बैसाख ९, २०८३

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

ज्ञानेन्द्र पोख्रल

बर्दिया/ गएको चैत्र ११ देखि चैत्र १८ गते सम्म बढैयाताल गाउपालिका वडा नम्बर ८ को मयुर युवा क्लबको खेल मैदानमा सञ्चालन भएको सातौ बर्दिया जिल्ला पालिका स्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न गर्दा भएको आम्दानी खर्चको सार्वजनिक सुनुवाई कार्यक्रम यहि वैषाख ९ गते मयुर युवा क्लब ले सम्पन्न गरेको छ ।

बढैयाताल गाऊपालिका वडा नं ८ को सभाहलमा सम्पन्न सार्वजानिक सुनवाई कार्यक्रममा मयुर युवा क्लब का कोषाध्यक्ष शम्सेर बहादुर मल्ल ले प्रतिवेदन प्रस्तुत गर्दै सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न गर्दा बढैयाताला गाऊपालिका, वडा नं ८ को कार्यालय, अन्य वडा कार्यालयहरु, विभिन्न संघ संस्था हरु, समुदायिक वन, विभिन्न विद्यालय र दाता व्यक्ति हरु गरी करिब ५२ वटा सहयोगी निकाय बाट ५ लाख ६२ हजार आम्दानी भएको र उक्त फुटबल प्रतियोगिता सम्पन्न गर्दा नगद पुरस्कार लगायत विभिन्न शिर्षक मा गरी ५ लाख १५ हजार ७ सय १७ रुपैया खर्च भई आम्दानी बाट ४६ हजार २ सय ८३ रुपैया बचत भएको जानकारी दिईएको थियो भने फुटवल प्रतियोगिताको लागि सहयोग गर्ने संघ संस्था तथा सरोकारवाला व्यक्तिहरूको नामावली समेत वाचन गरिएको थियो भने कार्यक्रम का प्रमुख अतिथि वडा नं ८ का वडा अध्यक्ष तेजनाथ पौडेल ले सातौ संस्करणको फुटवल प्रतियोगिता सम्पन्न गर्ने अहोरात्र खटिने मयुर युवा क्लब का अध्यक्ष लगायत सम्पुर्ण सदस्यहरू तथा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबै निकाय तथा व्यक्तिहरू लाई धन्यवाद व्यक्त गरेका थिए भने कार्यक्रममा विशिष्ट अतिथि लुम्बीनी प्रदेश फुटवल संघ का अध्यक्ष अजित राज भण्डारी, वडा सदस्य कृष्ण कला सुनार, मयुर युवा क्लब का संस्थापक सचिव कृष्ण बहादुर काक्री, समुदायिक वन का अध्यक्ष, विभिन्न संघ संस्थाका प्रतिनिधि, युवा खेलाडी लगायत संचारकर्मी सहितको उपस्थिती रहेको थियो भने यस फुटवल प्रतियोगितामा प्रथम बारबर्दिया नगरपालिका र द्वितिय ठाकुर बाबा नगर पालिका भएका थिए भने बर्दियाका आठ ओटै पालिका का खेलाडीहरु सहभागी भएका थिए भने आज भएको सार्वजनिक सुनवाई कार्यक्रम मयुर युवा क्लब का अध्यक्ष ईश्वर बहादुर रानाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP