Trend
शुक्रबार , बैसाख ११, २०८३

स्थानिय तहमा बालबालिक र युवा सहभागीता बारे पालिका स्तरीय समिक्षा कार्यक्रम सम्पन्न:

ज्ञानेन्द्र पोख्रेल

बर्दिया,बैशाख ११/ बाँके युनेस्को क्लबको शसक्त बालिका परियोजना र बढैयाताल गाऊपालिकाको समन्वयमा एक दिने स्थानिय तहमा बालवालिका र युवाको सहभागिताको अवस्था बारे समिक्षा कार्यकम बैषाख ११ गते बढैयाताल गाऊपालिकामा सम्पन्न भएको छ । स्थानिय तहमा निति तथा कार्यक्रम निर्माण तथा बजेट विनियोजन का सवालमा बालवालिका र युवाको सहभागिता र बर्तमान अवस्थामा बालविवाह को अवस्था बारे सहभागी विच अन्तरक्रिया कार्यक्रम गरिएको जानकारी बाँके युनेस्को क्लबका क्लवका उप निर्देशक गोविन्द लामिछानेले दिनुभयो भने कार्यक्रमको उद्देश्य र औचित्य बारे कार्यकममा जानकारी दिईएको थियो भने कार्यक्रम मा बढैयाताल गाऊपालिकाले योजना तर्जुमा , निति तथा कार्यक्रम निर्माणमा बालवालिका तथा किशोर किशोरी को सहभागीता सुनिश्चितता , युवा तथा बालवालिका को सवालमा बजेट विनियोजन , युवा मैत्री लगानीको अवस्था, बालश्रम, लागु औषध दुर्व्यसनी , बालविवाह को अवस्था, बालबलिकाले विचैमा पढाई छोडने कारण, बालमैत्री शासन व्यवस्था का कुराहरु, बालविवाह न्युनिकरण मा स्थानिय तह को भुमिका , बालमैत्री स्थानीय तह घोषणा का विषयमा पालिकाले गरेका क्रियाकलाप र अगामी दिनमा गर्नु पर्ने कुराहरु लगायतको विषयमा सहजकर्ता कृष्ण पाण्डे ले सहजीकरण गरेका थिए ।

बाँके युनेस्को क्लबले बढैयाताल गाऊपालिका भित्र बाल बिवाह लगायत बाल बालिका को विषयमा गरेको सर्वेक्षण अनुसार सन २०२५ मा विद्यालय बाहिर रहेका बालबालिका को अवस्था र बढैयाताल गाउपालिका मा बालविवाह को अवस्था सम्बन्धी तथ्याङ्क समिक्षा तथा कार्ययोजना निर्माण का विषयमा बाँके युनेस्को क्लबका उप निर्देशक गोविन्द लामिछाने ले सर्वेक्षण २०२५ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रस्तुतिकरण गरिएको प्रतिवेदन अनुसार बढैयाताल गाऊपालिका मा बाल बिबाह को अवस्था सन् २०२४ मा २३% रहेकोमा सन् २०२५ मा बालविवाह मा वृद्धि भई ३०.८५% रहेको र विद्यालय बाहिर रहेका बालबालिका को संख्यामा समेत वृद्धि भएको तथ्यांक मा देखिएको हो भने कार्यक्रममा सहभागी हरु विच प्रस्तुत गरिएका विषयहरु न्युनिकरण को लागी गर्ने सकिने उपाय बारे गम्भीर छलफल भएको थियो भने कार्यक्रम मा कार्यक्रम का सभापति बढैयाताल गाऊपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी ले एक्लै कसैले पनि केही गर्ने नसकिने भएकोले सबै मिलि यस्ता समस्या हरु समाधान गर्ने लाग्नु पर्ने मा जोड दिनुभयो उहाँले यस विषयमा बढैयाताल गाऊपालिका को गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता कुराहरु न्युनिकरण को लागी पालिकाले स्थानिय सरोकार राख्ने सबै संग समन्वय गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो भने कार्यक्रम मा बढैयाताल गाऊपालिका का अध्यक्ष हिमालय त्रिपाठी, सबै वडाका अध्यक्ष हरु , कार्यपालिका सदस्य हरु , विषयगत शाखाका प्रमुख हरु , बाके युनेस्को क्लबका कार्यक्रम अधिकृत विजय शर्मा , फिल्ड सुपरभाईजर राम बहादुर थारू, किशोर किशोरी क्लव का सदस्यहरु , बाल क्लव का सदस्यहरू संन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । साथै प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग मा बाँके युनेस्को क्लब ले बढैयाताल गाउपालिका भित्र विगत देखी नै शसक्त बालिका परियोजन अन्तरगत कार्यक्रम सञ्चालन गरि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP