Trend
आइतबार , बैसाख १३, २०८३

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका:

ज्ञानेन्द्र पोख्रेल

बर्दिया बैशाख ११- बढैयाताल गाउँपालिका ले विद्यार्थी संख्या न्यून भएका १३ वटा सामुदायिक विद्यालयलाई अर्को पायक पर्ने विद्यालयमा गाभ्ने र तह मिलानको निर्णय गरेको छ ।

बढैयाताल गाऊपालिका गाउँ शिक्षा समितिका संयोजक हिमालय त्रिपाठी र शिक्षा अधिकृत विश्वराज ढकालका अनुसार,गाभिएका विद्यालयका शिक्षकहरूलाई गाउँपालिकाको ‘पुल दरबन्दी’मा राखी आवश्यकताको आधारमा अन्यत्र विद्यार्थी संख्या बढि भई दरवन्दी अनुसारको शिक्षक जनशक्ति नभएका विद्यालय हरुमा मिलान गरिनेछ भने शैक्षिक गुणस्तर सुधार्न र प्रशासनिक र आर्थिक भार कम गर्न ‘स्थानीय शिक्षा ऐन २०७९’ बमोजिम यो कदम चालिएको गाउँ शिक्षा समितिका संयोजक तथा बढैयाताल गाऊपालिका अध्यक्ष ले जानकारी दिनु भएको छ । क्रमश न्युन विद्यार्थी संख्या रहेका विद्यालय लाई पायक पर्ने नजिक को विद्यालय मा गाभ्ने र केही विद्यालय को तह मिलान गरी शिक्षक मिलान गर्ने कार्य आवश्यकता अनुसार निरन्तर गरिने जानकारी संयोजक ले दिएका थिए भने बढैयाताल गाऊपालिका गाऊँ शिक्षा समितिको निर्णय अनुसार यहि बैषाख ८ गते ४ वटा विद्यालय र बैषाख ११ गते ९ वटा विद्यालय गरि १३ वटा विद्यालय मध्ये १० वटा विद्यालय को तह मिलान गरी ३ वटा न्युन विद्यार्थी रहेका विद्यालय हरु लाई नजिक को पायक पर्ने विद्यालयमा मिलान (मर्ज) गरिएको छ भने उक्त विद्यालयका शिक्षक हरू लाई गाऊ पालिकाको पुरक दरवन्दी मा राखीएको र आवाश्यकता अनुसार न्युन शिक्षक संख्या रहेका विद्यालयमा पठाइने जानकारी बढैयाताल शिक्षा शाखा प्रमुख विश्व राज ढकालले दिनुभयो भने सामुदायिक विद्यालय लाई गुणस्तरीय शिक्षा प्रदान गर्ने थलो निर्माण गर्ने योजना अनुसार विद्यालय मर्ज र शिक्षक मिलान गर्ने निर्णय गरिएको जानकारी ढकालले दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP