श्रमिक र पालिका विच अन्तरक्रिया गरि श्रमिक दिवस मनाईयो
ज्ञानेन्द्र पोख्रेल
बर्दिया/ ११७ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमजिवि निति तथा कार्यक्रम निर्माणका लागि पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम यहि वैषाख १८ गते बढैयाताल गाऊपालिकामा सम्पन्न भएको छ ।।
मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मुक्त कमैया समाज बढैयाताल को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन भन्ने उद्देश्य अनुरूप श्रमिक हरुले काम गरेका छन् छैनन् र श्रमिक को अवस्था बढैयातालभित्र के कस्तो रहेको छ र श्रमिकहरुले भोग्नु परेको समस्या हरुको बारेमा अन्तरक्रिया कार्यक्रम मा छलफल भएको थियो।
यस कार्यक्रम मा सहभागी मध्येका सलिना चौधरी ,योजना चौधरी ,अनिता चौधरी ,छेड़गा थारू, किसनी कुमारी चौधरी लगायतले अधिकांश श्रमिकहरुले श्रमको उचित मूल्य नपाएको, सरकारले तोके अनुसारको श्रमदाताहरु ले ज्याला नदिएको, न्युनतम पारिश्रमिक मा काम गर्ने वाध्य भएको, काम गरेर पनि रोजगार दाता बाट पारिश्रमिक लिन समस्या हुने गरेको , हाजिरी कार्डको व्यवस्था नगरी काममा लगाउने र हाजिरी कार्ड नदिने, कतिपय श्रमिकहरु ठेकेदारहरू बाट ठगिएको, उजुरी गर्ने निकाय वारे स्पष्ट नहुँदा न्याय पाउन बाट वञ्चित भएको र न्यायको लागि आवाज उठाउदा कामवाट निकाल्ने धम्की दिने गरेको जस्ता समस्या हरु कार्यक्रम मा श्रमिक हरु ले राखेका थिए ।
श्रम ऐन २०७४ मा व्यवस्था भए अनुसार जिल्ला श्रम दर रेट निर्धारण समितिले प्रत्येक वर्ष श्रमिक को दर रेट तोक्ने र सोही दर रेट अनुसार रोजगार दाताले पारिश्रमिक दिनु पर्ने व्यवस्था रहेको छ सोही दर रेट अनुसार बर्दिया जिल्लामा दक्ष कामदारको प्रति दिन ९३५ रुपैया र अदक्ष कामदारको प्रतिदिन ७१५ रुपैया दर रेट कायम गरिए पनि कामदारहरू हो सो अनुसार नपाएको गुनासो गरेका थिए भने आजै माथी उल्लेखित विषयहरु समेटेर बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी र उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी लाई श्रमिक अगुवा हरुले ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।कार्यक्रम मा उद्योग वाणिज्य संघ बढैयातालका अध्यक्ष रविन्द्र रावल , कार्यपालिका सदस्य चन्द्रकला बि.क , बढैयाताल गाऊपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी , अध्यक्ष हिमालय त्रिपाठी लगायतले श्रमिकहरु ले उठाएका विषयहरु सम्बोधन गर्ने सवालमा स्थानिय सरकार को ध्यानाकर्षण भएको जनाउँदै उठेका सवालका विषयमा बढैयाताल गाऊपालिका भित्र रहेका रोजगारदात हरु संग समन्वय गरि उचित ज्यालाको लागि पालिकाले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने रोजगार दाताको विषयमा उजुरी गरेको खण्डमा कारवाही गर्ने सकिने प्रावधान र कानुन बारे ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रतिनिधि ले स्पष्ट पारेका थिए भने कार्यक्रम कमैया जागरण समाज बढैयातालका संयोजक फुलाराम थारुको अध्यक्षतामा भएको थियो भने कार्यक्रम मा बढैयाताल गाऊपालिका का अध्यक्ष , उपाध्यक्ष कार्यपालिका सदस्यहरु, वडा अध्यक्ष हरु का साथै बढैयाताल गाऊपालिका भित्र रहेका श्रमिक संगठन का प्रतिनिधि, नेपाल प्रहरी, नगरिक समाज , उद्योग वाणिज्य संघका अध्यक्ष , निर्माण व्यवसायी र रोजगार दाताका प्रतिनिधि हरु लगायत व्यक्तिहरू को उपस्थिती रहेको थियो भने कार्यक्रम मा कार्यक्रम को औचित्व र उद्देश्य माथी मुक्त कमैया समाजका प्रतिनिधि खुसीराम थारु ले प्रष्ट पारेका थिए ।





