Trend
शनिबार , बैसाख १९, २०८३

बर्दियामा दुर्घटना हुँदा बालिकाको मृत्यु
अफजल खान
बर्दिया,बैशाख १९
सडक दुर्घटनामा परि ८ वर्षीया बालिकाको मृत्यु भएको छ । फोर्स गाडीले ठक्कर दिदाँ गुलरिया नगरपालिका–११ लालपुरकी ८ वर्षीया नाजिया साईको शनिबार मृत्यु भएको हो । राजापुर देखि नेपालगंजतर्फ जाँदै गरेको भे १ ख ४२६० नंम्बरको फोर्स गाडीले लालपुर स्थित बालिकालाई ठक्कर दिदाँ बालिकाको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी तिव्र गतिमा रहेकोले चालकले कन्ट्रोल गर्न नसक्दा दुर्घटना भएको स्थानीयको भनाई छ ।
गाडी चालक बाँके खजुरा गाउँपालिका–७ का ३८ वर्षीय अर्जुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलबासेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP