कृषि तथा पशुपन्छी फर्महरूको अनुगमन गर्दे पालिका
ज्ञानेन्द्र पोख्रेल
बर्दिया /बढैयाताल गाऊपालिका र कृषि शाखाले पालिका भित्र का किसानहरुले सन्चालन गरेका कृषि तथा पशुपन्छी फर्महरूको अनुगमन गरी किसानहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
यहि बैषाख २३ गते गरिएको कृषि तथा पशुपन्छी फर्म हरु अनुगमनको क्रममा कृषि तथा पशुपन्छी फर्महरू सञ्चालन गर्दा पालिकाले दिएको अनुदान लगायतका सहयोग सही तरिकाले प्रयोग भए नभएको, किसानहरु ले कृषि फर्म सञ्चालनमा भोग्नु परेको समस्या र चुनौती विषयमा समेत किसानहरु संग छलफल गरिएको थियो भने अधिकांश कृषि तथा पशुपन्छी फर्म सन्चालकहरुले उत्पादित चिज वस्तुहरुको बजारीकरण मा समस्या रहेको, मलखाद को समस्या रहेको र अनुदान उपलब्ध गराउदा एकद्वार प्रणालीमार्फत अनुदान उपलब्ध गराउनु पर्ने, बास्तविक कृषि कार्यमा संलग्न पहिचान गरि पालिकाले सहयोग गर्नु पर्ने, अधिकांश क्षेत्रमा सिचाई को समस्या रहेको लगायतका विषयमा बढैयाताल गाऊपालिका प्रमुख, उपप्रमुख र प्रशासनिक अधिकृत र कृषि शाखा प्रमुख संग गुनासो राखेका थिए भने अनुगमन कार्यक्रम गाऊपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक लक्ष्मी कुमारी अधिकारीको नेतृत्वमा गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी , प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु ,लेखा अधिकृत नारायण राज त्रिपाठी, कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तव , पशु शाखा प्रमुख , अनुगमन समितिका सदस्यहरू , सन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो भने अनुगमनको क्रममा बढैयाताल गाऊपालिका वडा नं ६ का तरकारी उत्पादक किसान देउराम थारु, शुसिला थारू को तरकारी तथा काक्रा खेती वडा नं ७ बकोटिया का ईश्वरी थारू को तरभुजा खेती वडा नं ८ मा कालीका साना किसान कृषि सहकारी संस्था लिमिटेड संग को सहकार्यमा किसानहरूले वडा नं ७ को बोकटिया र वडा नं ८ को मुनालबस्ती मा किसानहरू ले गरेको वसन्ते मकै खेती ब्लक कार्यक्रम अन्तगत गरिएको ४५ विगाह को बसन्ते मकै खेती , बडा नं ८ को पशुपति वजार का किसान सिंह बहादुर के.सी ले संन्चालन गरेको कालीका एकिकृत पशुपक्षी तथा कृषि फर्म , बढैयातल वडा नं ४ रहेको सन्तोषी कृषि फर्म र वडा नं ४ मै रहेको कृषक सेर बहादुर वली ले सन्चालन गरेको प्रगतीशील बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म मा लगाईएको करिब ६ कठ्ठा जमिन को डाईगन फुड लगायतका फर्महरू अनुगमन गरिएको थियो भने अनुगमनको क्रममा कृषि तथा भेटनरी शाखा का प्राविधिक हरूले कृषि फर्म सञ्चालकहरु लाई प्राविधिक सहयोग दिन आफुहरू जुन सुकै समयमा पनि तैयार रहेको र आवाश्यक सर सल्लाह तथा सुझाव लिन सुझाएका थिए भने अनुगमनको क्रममा बढैयाताल गाऊपालिका वडा नं ७ वडा नं ८ वडा नं ५ र वडा नं ३ का केही विद्यालयहरू समेत अनुगमन गरिएको र अनुगमन गरिएका अधिकांश विद्यालयहरु मा बिधार्थी संख्या न्यून रहेको भेटिएका थिए भने बढैयाताल गाऊपालिका शिक्षा शाखाले हालै मात्र बढैयातालका केही विद्यालयहरु लाई मर्ज गरिसकेको र केही विद्यालय लाई तह घटुवा गरी विद्यार्थीहरु लाई पायक पर्ने स्थानमा रहेका अन्य विद्यालयहरु मा भर्ना हुन जानकारी गराएको थियो ।






