Trend
आइतबार , जेठ १०, २०८३

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / बढैयाताल गाऊपालिका भित्र रहेका सामुदायिक विद्यालय हरु मा विद्यार्थी संख्या कम भएको भन्दै बढैयाताल गाऊपालिका शिक्षा समितिको सिफारिसमा गाऊपालिका भित्र रहेका न्युन संख्या भएका १० वटा विद्यालयहरु को तह घटुवा तथा ३ वटा विद्यालयहरू पायक पर्ने नजिक को विद्यालयमा समायोजन गरिए पछि सामुदायिक विद्यालय को शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।

यसै क्रममा बढैयातालका अन्य विद्यालयहरु समेत विद्यार्थी संख्या बढाउने कसरतमा लागिपरेका छन् भने तह घटुवाको चपेटामा परेको बढैयाताल गाऊपालिका वडा नं २ शिवशक्तिपुरमा रहेको जागृति आधारभुत विद्यालय पनि एक रहेको छ ।

जुन बिद्यालय बालकक्षा देखी कक्षा ५ सम्म सञ्चालन मा रहेको थियो भने हालै मात्र तह घटुवा भई कक्षा ३ सम्म कायम रहेको छ भने हालै यस विद्यालय ले विद्यार्थी संख्या बढाउने कसरत मा लागि परेको विद्यालयका प्रधानाध्यापक उत्तर कुमार श्रेष्ठ ले बताए उनले भने अहिले हामी ले कक्षा ३ सम्म नै अग्रेजी मिडियम मा पठन पाठनको शुरुवात गरेका छौ भने साना विधार्थी हरुको अवतजावत को सुविधालाई मध्यनजर गर्दै स्थानिय अभिभावकहरुको सहयोगमा अटो रिक्सा खरिद गरी बिधार्यी हरु ल्याउने गरेपछि विद्यार्थी हरुको संख्या वृद्धि भई कक्षा ३ सम्म १ सय भन्दा बढी विद्यार्थी संख्या पुगेको र विद्यार्थी संख्या अझै बढ्ने अनुमान गरिएको जानकारी प्रधानाध्यापक श्रेष्ठले दिएका छन् । भने बढैयाताल गाऊपालिका का अध्यक्ष हिमालय त्रिपाठी मा अनुसार अहिले सम्म आधारभुत तहका विद्यालय लाई मात्र मर्ज गरिएको हो।

अबका दिनहरुमा माध्यामिक तह कक्षा १२ सम्म सञ्चालन मा रहेका विद्यालय हरु को अवस्था हेरी मर्ज गर्ने योजना रहेको समेत बताए भने यसरी तह घटुवा र समायोजन गरे पश्चात जगेडामा राखिएका शिक्षक जनशक्ती लाई आवाश्यकता अनुसार परिचालन गर्दा शिक्षक जनशक्ति अभाब नहुने उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP