Trend
शनिबार , भाद्र २७, २०८३
ज्ञानेन्द्र पोख्रेल

बर्दिया /बढैयाताल गाऊपालिका वडा नं ६ मैनापोखरमा रहेको संस्थागत विद्यालय कृष्णसार विद्या निकेतन शैक्षिक क्षेत्रको हबको रूपमा आफ्नो परिचय बनाउन सफल भएको छ ।

२०६३ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा नर्सरी देखी कक्षा १० सम्म सञ्चालनमा रहेको छ भने हाल यस विद्यालयमा १ हजार भन्दा बढी विद्यार्थी हरु अध्ययन गरि रहेका छन् भने यस कृष्णसार विद्या निकेतन मैनापोखरले शैक्षिक सत्र २०८२ को एस ईई परिक्षामा तिन जना विद्यार्थी हरु ४.० जिपिए सहित सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको हो ।

यस विद्यालय बाट शैक्षिक सत्र २०८२ को एसईई परिक्षाम कुल २६ जना विद्यार्थी सहभागी भएका थिए भने जस मध्ये ४.० जिपिए सहित उतिर्ण हुनेमा टिका बिके, सुप्रिया सुवेदी र सुगम सुवेदी रहेका छन् । शैक्षिक सत्र २०८२ को एसईई परिक्षा मा यस विद्यालयले उत्कृष्ट सफलता हासिल गर्दै नयाँ इतिहास कायम गर्न सफल भएको छ ।

बढैयाताल गाऊपालिका को यस बिधालय यस क्षेत्रको शैक्षिक हब को रूपमा आफु लाई परिचित गराउन सफल भएको हो भने यसरी उत्कृष्टता हुनु मा विद्यालयको शैक्षिक बातावरण शिक्षक शिक्षिका हरु को मेहनत र विद्यार्थी भाईबैनीहरु को लगनशीलता ले नै सफल भएको दाबी विद्यालयमा प्रधानाध्यापक नगेन्द्र भण्डारी ले गर्नु भयो । भने यसरी ४.० जिपिए जस्तो उत्कृष्ट नतिजा आउनु बिद्यार्थी हरु को मेहनत , अनुशासन, समर्पण र निरन्तर लगनशीलताको प्रतिफल रहेको उहाँ बताउनुहुन्छ उहाँले भन्नु हुन्छ यस बर्ष एसईई परिक्षामा यस विद्यालयले प्राप्त गरेको सफलता आगामी शैक्षिक यात्राको बलियो आधार बन्न सक्ने विश्वास लिएका छौँ ।
यस अविस्मरणीय उपलब्धिले विद्यालय, शिक्षक, अभिभावक तथा सम्पूर्ण समुदायलाई गर्विलो महसुस भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP