ज्ञानेन्द्र पोख्रेल
बर्दिया- बढैयाताल गाऊपालिकाले बढैयाताल गाऊपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट शैक्षिक सत्र २०८२ को एसईई परिक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण हुने पाँच जना छात्र छात्राहरु लाई यहि वैषाख ३० गते सम्मान गरेको छ।
सम्मानित हुने हरुमा बढैयाताल गाऊपालिका भित्र रहेका सामुदायिक विद्यालय तर्फ विद्या ज्योति माध्यामिक विद्यालय कण्ठपुरका छात्रा मोनिका थापा र संस्थागत तर्फ कृष्णसार विद्या निकेतन मैनापोखरका छात्रा टीका वि क, सुप्रिया सुवेदी र छात्र सुगम सुवेदी तथा श्री बर्दिया एकेडेमी एण्ड पाेलिटेक्निक रिसर्च सेन्टर प्रा. लि तिलकानाका छात्र राेजर के. सी रहेका छन् ।
उनिहरुले शैक्षिक सत्र २०८२ मा भएको एसईई परिक्षामा ४.० जिपिए अंक प्राप्त गरि उत्कृष्ट स्थान हासिल गरेका थिए भने यसरी उत्कृट अंक ल्याई उतिर्ण हुने छात्र छात्रा हरु लाई थप हौसला प्रदान गर्ने उद्देश्यले बढैयाताल गाऊपालिका ले विषेश कार्यक्रम गरि प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको हो भने यस कार्यकम मा बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाढी लगायतले सम्मानित छात्र छात्राहरू लाई आगामी दिनहरुमा अझ बढी उपलब्धी हासिल गर्ने शक्ति मिलोस् भनी शुभकामना व्यक्त गरेका थिए भने सम्मान कार्यक्रम मा गाऊपालिका का उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत , शिक्षा शाखाका प्रमुख , वडा अध्यक्ष हरु लगायत अभिभावक समेतको उपस्थिति रहेको थियो ।





