Trend
शनिबार , जेठ २३, २०८३

ज्ञानेन्द्र पोख्रेल

बर्दिया/-बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा रहेको बढैयाताल उद्योग वाणिज्य संघले एसईई परीक्षामा बढैयाताल गाउपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूका उत्कृष्ट अंक ल्याउने छात्र छात्राहरुलाई यहि जेष्ठ २ गते कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ।

कार्यक्रममा बढैयातालका विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ४.० जिपिए ल्याउने पाँच जना विद्यार्थीहरूलाई सम्मान पत्रले सम्मान गरेको हो भने सम्मान गरिएका बिधार्थी हरुमा सामुदायिक विद्यालय तर्फ विधा ज्योति माध्यामिक विद्यालय बढैयाताल वडा नं ८ कण्ठपुर बाट छात्र मोनिका थापा रहेकी छिन् भने संस्थागत विद्यालय तर्फ कृष्णसार विद्या निकेतन बढैयाताल वडा नं ६ का टिका बि.के, सुप्रिया सुवेदी र सुगम सुवेदी र बर्दिया एकेडेमी तथा पोलिटेक्नीक सेन्टर बढैयाताल वडा नं ८ तिलकाना वाट रोज केसी रहेका छन् ।

बढैयाताल उद्योग वाणिज्य संघ का अध्यक्ष रविन्द्र रावलले सम्मान कार्यक्रममा बोल्दै विद्यार्थीहरूको मेहनत, अनुशासन र सफलताको प्रशंसा गर्दै आगामी दिनमा अझ बढी उपलब्धि हासिल गर्ने सफल हुने विश्वास व्यक्त गरेका थिए। साथै, शिक्षाको विकास र विद्यार्थीहरूको मनोबल बढाउन यस्ता कार्यक्रमले सकारात्मक प्रेरणा दिने विश्वास व्यक्त गरिएको उद्योग वाणिज्य संघ बढैयातालका बरिष्ट उपाध्यक्ष दिपक खनाल बताए । कार्यक्रम बढैयाताल उद्योग वाणिज्य संघ का अध्यक्ष रविन्द्र रावल को सभापतित्व मा भएको थियो भने कार्यक्रम मा संघ का बरिष्ठ उपाध्यक्ष दिपक खनाल लगायत सम्पुर्ण कार्यसमिति सदस्यहरू तथा सल्लाहकार लगायत उत्कृष्ट अंक ल्याउने विद्यार्थी हरु का अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP