Trend
आइतबार , जेठ १०, २०८३

प्रहरीका अनुसार बर्दियाको गुलरिया नगरपालिका–११ लालपुर क्षेत्रमा नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको ५ वटा भैँसीसहित एक जनालाई नियन्त्रणमा लिइएको छ । बरामद भैँसीको अन्दाजी मूल्य करिब रु. २ लाख ५० हजार रहेको बताइएको छ ।

 

अफजल खान

बर्दिया / बर्दिया, रुपन्देही, नवलपरासी र बाँके लगायत लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले अवैध चोरी पैठारी तथा भन्सार छलीविरुद्ध सञ्चालन गरेको अभियान अन्तर्गत लाखौं रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।

प्रहरीका अनुसार बर्दियाको गुलरिया नगरपालिका–११ लालपुर क्षेत्रमा नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको ५ वटा भैँसीसहित एक जनालाई नियन्त्रणमा लिइएको छ । बरामद भैँसीको अन्दाजी मूल्य करिब रु. २ लाख ५० हजार रहेको बताइएको छ ।

त्यसैगरी रुपन्देहीको कोटहीमाई गाउँपालिका–४ बयरघाट क्षेत्रमा मोटरसाइकलमार्फत ओसारपसार हुँदै गरेको १५० केजी केरा प्रहरीले बरामद गरेको छ ।

उता नवलपरासीको सुनवलस्थित एक एग्रोभेटबाट अवैध रूपमा भित्र्याइएको धानको बिउ अन्दाजी रु. १ लाख ६ हजार बराबर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैबीच बाँकेको जमुनाहा नाकामा भन्सार छली गरी ल्याइएका कुखुरा, बाख्रा, केरा, कपडा, मोटरसाइकल लगायतका सामान बरामद गरिएको छ । ती सामानहरूको अन्दाजी मूल्य रु. २ लाख ६ हजार ५ सय रहेको बताइएको छ ।
बरामद गरिएका सम्पूर्ण सामान तथा पशुचौपायालाई आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।
अवैध चोरी पैठारी, तस्करी तथा भन्सार छली नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी कडा पारिएको र प्रहरी कारवाहीलाई थप प्रभावकारी बनाइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP