Trend
शनिबार , जेठ २३, २०८३
ज्ञानेन्द्र पोख्रेल

बर्दिया / विश्व सड्क सुरक्षा सप्ताह कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट मैनापोखर को आयोजनामा बढैयाताल गाउपालिका भित्र रहेका विद्यालयहरुमा सडक सुरक्षा तथा सडक दुर्घटना न्युनिकरण कसरी गर्ने सकिन्छ भन्ने विषयमा विद्यालयका छात्र छात्रा हरु विच सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

यहि जेष्ठ ४ गते बढैयाताल गाऊपालिका वडा नं ७ को रिभर क्वीन्स विद्यालय र वडा नं ८ को भगवती संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा र वडा नं ८ कै बर्दिया ऐकेडेमी तथ पोलिटेक्निक सेन्टरका छात्र छात्रा, विद्यालय व्यवस्थापन समितिका सदस्य हरु, शिक्षक शिक्षिका लगायतको उपस्थिति मा सडक सुरक्षा तथा दुर्घटना न्युनिकरण कसरी गर्ने सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको थियो भने सचेतना कार्यक्रम को सहजीकरण अस्थाई ट्राफिक प्रहरी पोष्ट मैनापोखर का ईन्चार्ज चेत राज जोशी ले गरेका थिए भने बढैयाताल गाँउपालिका अन्तगर्त पर्ने विभिन्न वडा एरियामा अस्थाई ट्राफिक प्रहरी पोष्ट मैनापोखरले विभिन्न सड्क, बिद्यालय र बजार क्षेत्रमा ट्राफिक नियम पालना र सवारी दुर्घटना हुन नदिन, रोकथाम र न्युनिकरण साथै सचेतना सम्बन्धि कक्षा सञ्चालन गरेको थियोे साथै विभिन्न समयमा मादक पदार्थ सेवन तथा लागुपर्दाथ सेवन गरी सवारीसाधन चलाए नचलाएको चेक जाँच समेत गर्ने गरेको पाइन्छ यसै गरि तिव्र गतिमा सवारी हाक्दा हुने दुर्घटना साथै पैदल यात्रीले सडक प्रयोग गर्न तरिका बारे र दुई पाङग्रे र चार पाङग्रे सवारी साधन चलाउने सवारी चालक र यात्रु हरुलाई सवारी दुर्घटना सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरि सवारी दुर्घटना न्युनिकरण र सचेतना कार्यक्रम सम्पन्न गरिएको जानकारी अस्थाई ट्राफिक प्रहरी पोष्ट मैनापोखरका ईन्चाज चेत राज जोशीले दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP