Trend
मंगलबार , भाद्र ३०, २०८३
अफजल खान

गुलरिया, जेठ ६ — बर्दियामा लागूऔषध सेवन गरेर सवारी चलाइरहेका चार जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक चेकजाँचका क्रममा चालकहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार गुलरिया नगरपालिका–११ गणेशपुर चोकस्थित हुलाकी सडक खण्डमा बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चेकजाँच गरिएको थियो । चेकजाँचका क्रममा लागू पदार्थ सेवन गरेको अवस्थामा फेला परेका चालकहरूलाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय बर्दिया, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिया तथा प्रहरी चौकी महम्मदपुरबाट खटिएको संयुक्त टोलीले चेकजाँच अभियान सञ्चालन गरेको थियो ।
प्रहरीले नियन्त्रणमा लिइएकामध्ये दुई जना ईभी भ्यान चालक, एक विङ्गर भ्यान चालक र एक फोर्स भ्यान चालक रहेका छन् । उनीहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP