Trend
बिहिबार , जेठ २८, २०८३

 

ज्ञानेन्द्र पोख्रेल बर्दिया, बढैयाताल जेठ १८ गते , युवापुस्तामा बढ्दो सुर्तिजन्य पदार्थ र लागूऔषध दुव्र्यसनको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय बर्दिया र जिल्ला प्रहरी कार्यालय बर्दिया को संयुक्त आयोजना तथा बढैयाताल गाऊपालिका स्वास्थ शाखा को समन्वयमा सञ्चालित एकदिने लागूऔषध दुव्र्यसनविरुद्धको सचेतनामूलक कार्यक्रम बढैयाताल गाऊपालिका वडा नं ६ मा जेष्ठ १८ गते सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत सोमबार शारदा माध्यमिक विद्यालय बढैयाताल वडा नं ६ का कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरू तथा अभिभावक हरु लाई सुतिजन्य पदार्थ र लागूऔषध भनेको के हो यसको प्रयोग ले युवा युवती र मानव जिवनमा पारेको असर, यसको दुरुपयोगबाट हुने क्षति तथा बच्ने उपायबारे जानकारी गराइएको थियो।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बर्दिया का जन स्वास्थ्य अधिकृत तथा कार्यक्रम का प्रशिक्षक सन्देश पौडेल ले सुर्तिजन्य पदार्थ र लागूऔषध भनेको के हो र यसले युवापुस्तामा कस्तो असर गरेको छ र वर्षेनि लाखौं लाख व्यक्तिहरु सुर्तिजन्य पदार्थको सेवनबाट विभिन्न रोग लागी मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गर्दै यसले समाजमा पारेको नकारात्मक असर र यस्ता पदार्थ को प्रयोग ले गर्दा व्यक्तिको स्वास्थ्य, परिवार र भविष्यमा पर्ने गम्भीर असर बारे प्रष्ट जानकारी गराएका थिए । उनले लागूऔषधको लतले व्यक्तिलाई सामाजिक, आर्थिक तथा नैतिक रूपमा कमजोर बनाउँदै अन्ततः विनाशतर्फ धकेल्न सक्ने उल्लेख गरे।
अर्का प्रशिक्षक तथा जिल्ला प्रहरी कार्यालय बर्दिया का प्रहरी निरीक्षक लोक राज अवस्थी ले लागूऔषध सेवनले मानव शरीरको केन्द्रीय स्नायु प्रणालीमा प्रत्यक्ष असर पार्ने र व्यक्तिको व्यवहार, सोचाइ तथा दैनिक जीवनशैलीमा नकारात्मक परिवर्तन ल्याउने जानकारी दिए। उनका अनुसार लागूऔषधको लतले व्यक्तिलाई आपराधिक गतिविधितर्फ समेत उन्मुख गराउन सक्ने भएकोले यसको प्रयोग लाई निरुत्साहित गर्न सवै पक्ष लाग्नु पर्ने कुरामा जोड दिएका थिए भने लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार गाँजा, अफिम, कोकाको झार तथा पात, मनोद्विपक पदार्थलगायत नेपाल सरकारले राजपत्रमार्फत तोकेका प्राकृतिक तथा कृत्रिम लागूऔषधहरू कानुनद्वारा नियन्त्रित पदार्थ भएको समेत स्पष्ट पारे साथै उनले लागूऔषध प्रयोग, ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिलाई कानुन अनुसार हुने कारबाहीबारे जानकारी दिएका थिए। उनले लागूऔषध दुव्र्यसनले व्यक्तिको स्वास्थ्य, सामाजिक प्रतिष्ठा र आर्थिक अवस्थामाथि गम्भीर असर पार्ने भएकाले यसबाट टाढा रहन विद्यार्थीहरूलाई आग्रह गरेका थिए भने।
कार्यक्रम बढैयाताल गाऊपालिका वडा नं ६ का अध्यक्ष शुक्र राज सापकोटा को सभापतित्व मा सम्पन्न भएको थियो भने कार्यक्रममा बढैयाताल स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेल, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि , बिधार्थी छात्र छात्राहरु, बालक्लव का सदस्यहरू , अभिभावक, वडघर , नेपाल प्रहरी, सन्चारकर्मी , विद्यालय व्यवस्थापन समितिका सदस्य हरु लगायत को उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजकका अनुसार विश्व ध्रुमपान रहित दिवश को अवसर पारेर गरिएको कार्यक्रम मा विद्यार्थीहरूलाई लागूऔषध दुव्र्यसनबाट जोगाउँदै सचेत, जिम्मेवार र स्वस्थ समाज निर्माणमा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP