Trend
शनिबार , भाद्र २७, २०८३

ज्ञानेन्द्र पोख्रेल

बर्दिया /सामाजिक उत्तरदायित्वको भावना अनुरूप बर्दिया कृष्णसार यातायात व्यवसायी प्रा.लि गुलरिया बर्दियाले गुलरिया नगरपालिका वडा नं ४ मा रहेको नारायणनाथ स्मृति आधारभूत विद्यालय लाई नयाँ अटो रिक्सा सहयोग गरेको छ।

यहि जेष्ठ २५ गते एक कार्यक्रम बिच विद्यालय लाई नयाँ अटो रिक्सा हस्तान्तरण गरेको हो । भने वडा नं ४ का वडा अध्यक्ष शुरेस गौतम को प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बर्दिया कृष्णसार यातायात व्यवसायी प्रा. लि का संरक्षक शम्भु प्रसाद रिजाल, कार्यालय प्रमुख रमेश गौतम लगायत यातायात व्यवसायी हरुले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक सुसिला गिरी लाई अटो रिक्सा हस्तान्तरण गरेका हुन् ।

यस कार्यक्रममा वडा अध्यक शुरेस गौतमले निजी क्षेत्रले यस विद्यालयको अपेक्षा र माग अनुसार अटो रिक्सा उपलब्ध गराएकोमा कृष्णसार यातायात व्यवसायी प्रा.लि प्रति धन्यवाद व्यक्त गरेका थिए भने विद्यालयका प्रधानाध्यापक शुसिला गिरीले लामो समयदेखि वडा कार्यालयको विषेश पहलमा यसरी यस संस्थाले आफ्नो विद्यालयलाई अटो रिक्सा उपलब्ध गराएकोमा व्यवसायीहरु लाई धन्यवाद दिनुभयो साथै अटो रिक्सा सञ्चालनमा आएपछि विद्यालयमा विधार्थी हरुको संख्या बढने अपेक्षा लिएको बताईन् भने कार्यकम मा बर्दिया कृष्णसार यातायात व्यवसायी प्रा लि संरक्षक शम्भु प्रसाद रिजाल ले विद्यालयको आग्रह र अपेक्षा अनुसार यस विद्यालय लाई सानो सहयोग गर्ने पाएकोमा आफुहरुलाई खुसी लागेको कुरा व्यक्त गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP