Trend
बिहिबार , जेठ २८, २०८३

ज्ञानेन्द्र पाेखरेल

बढैयाताल, बर्दिया । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पूर्ण खोप सुनिश्चित वडा तथा पालिका घोषणा कार्यक्रमलाई प्रभावकारी रूपमा सम्पन्न गर्न बढैयाताल गाउँपालिकामा सरोकारवालाबीच समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
बढैयाताल गाउँपालिकाको आयोजनामा आयोजित नियमित खोप सुदृढीकरण, पूर्ण खोप सुनिश्चितता तथा दिगोपन, सूक्ष्म योजना अध्यावधिक र सरसफाइ प्रवर्द्धन सम्बन्धी समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि, सबै वडाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, स्वास्थ्य शाखाका प्रमुख तथा कर्मचारी, स्वास्थ्य व्यवस्थापन समितिका सदस्य, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले विगत वर्षझैँ यस वर्ष पनि गाउँपालिकाका सबै वडा तथा पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा तथा अध्यावधिक गर्नुपर्ने भएकाले सरकारले तोकेका सबै नियमित खोप लक्षित उमेर समूहका बालबालिकाले पाए–नपाएको अनुगमन गरिने जानकारी दिए। उनले खोप लगाउनबाट छुटेका बालबालिका भेटिएमा उनीहरूलाई खोप कार्यक्रममा समावेश गरी सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गरेपछि मात्र घोषणा प्रक्रिया अगाडि बढाइने बताए।
उनले यस समीक्षा कार्यक्रमले पूर्ण खोप सुनिश्चित वडा तथा पालिका घोषणा अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्वास्थ्य शाखाका रमेश पौडेलले कार्यक्रमको उद्देश्य, औचित्य तथा पूर्ण खोप घरधुरी सर्वेक्षण अनुसूची सम्बन्धी जानकारी प्रस्तुत गरेका थिए। साथै, बढैयाताल गाउँपालिकामा विगत वर्षहरूमा सञ्चालन भएका खोप कार्यक्रम तथा खोप सम्बन्धी तथ्यांकहरूको प्रस्तुतीकरण समेत गरिएको थियो।
सहभागीहरूले पूर्ण खोप सुनिश्चितता अभियानलाई सफल बनाउन स्थानीय तह, स्वास्थ्य संस्था, जनप्रतिनिधि तथा समुदायबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिन सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP