Trend
आइतबार , साउन १०, २०८३
ज्ञानेन्द्र पोख्रेल

बर्दिया/ अपाङ्गता शसक्तीकरण तथा संन्चार केन्द्र (डेक नेपाल) को आयोजना तथा बर्दिया अपाङ्ग पुर्नस्थापना केन्द्रको समन्वयमा अपाङ्गता समावेशी कार्यक्रम अन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले ५ दिने व्यवसायीक पशुपंक्षी पालन सम्बन्धी तालिम बढैयाताल गाउँपालिकामा मा यहि अषाढ २ गते सम्पन्न भएको छ ।

यहि जेष्ठ २९ गते देखि बाँसगढी नगरपालिका र बढैयाताल गाऊपालिका भित्र का दश दश जना गरी बिस जना अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक पशुपक्षी पालन सम्वन्धी तालिम प्रदान गरिएको जानकारी डेक नेपाल का कार्यक्रम संयोजक सत्य नारायण चौधरी ले दिएका थिए भने अपाङ्गता भएका ब्यक्तिहरु ले पनि व्यवसायीक रुपमा पशुपक्षी पालन गरी आत्मनिर्भर हुन सकुन भन्ने उद्देश्यले डेक नेपाल संग सहकार्य गरि तालिम को आयोजना गरिएको जानकारी बर्दिया अपाङ्ग पुर्नस्थापन केन्द्र का अध्यक्ष नेत्र प्रसाद सापकोटा ले दिएका थिए भने तालिम कार्यक्रम मा पशु पंक्षी पालन सम्बन्धी विस्तृत जानकारी का साथै उन्नत जातका पशुपक्षी छनौट कसरी गर्ने , पशु पंक्षी पालन गर्दा गोठ निर्माण गर्ने तरिका ,रोग लागेमा गर्ने सकिने उपाय , का साथै पशुपंक्षी लाई दिइने सन्तुलित दाना बनाउने तरिका र बिधि लगायतका विषयमा प्रशिक्षक पशु सेवा शाखा बढैयातालका पशु प्राविधिक प्रेम डाँगी ले सहभागीहरु लाई सलाईड मार्फत विस्तृत जानकारी गराएका थिए । भने कार्यक्रम समापन कार्यक्रममा सहभागी मध्ये बाट राजु पनेरु, इन्द्र बहादुर थारू लगायत ले तालिम मा सिकेका कुराहरुलाई व्यवहार मा उतार्ने प्रतिवद्धता व्यक्त गरेका थिए भने आफुहरुले पाँच दिन सम्म धेरै कुराहरु सिकेको र सिकेका र जानेका कुराहरुलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नु का साथै काम गरी आय आर्जन तर्फ उन्मुख हुने प्रतिवद्धत गरेका थिए साथै कार्यक्रममा बर्दिया अपाङ्ग पुर्नस्थापना केन्द्र का अध्यक्ष नेत्र प्रसाद सापकोटा सचिव दल बहादुर सुनार कोषाध्यक्ष चिन्तामणि कँडेल लगायतको उपस्थिति रहेको थियो भने डेक नेपाल ले अपाङ्गता समावेशी कार्यक्रम बाँसगढी नगरपालिका र बढैयाताल गाउपालिका मा सन २०२६ फेब्रुअरी देखि सन्चालन गरि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP