Trend
शनिबार , भाद्र २७, २०८३

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

बर्दिया,असार ३
गुलरिया नगरपालिकाले कारितास नेपालका तीन जनालाई सम्मानित गरेको छ । गुलरिया नगरपालिका वडा नंम्बर ८ का बाढी पीडितलाई आवास हस्तान्तरण तथा समापन कार्यक्रमा गुलरिया नगरपालिकाले कारितास नेपालका तीन जनालाई मंगलबार सम्मानित गरेको हो । कारितास नेपाल फिल्ड कार्यालय बर्दियाकी सामाजिक परिचालक पुजा यादव, कार्यक्रम संयोजक नरेन्द्र केसी र कारितास नेपालका लुम्बिनी प्रदेश प्रमुख जनक प्रसाद शर्मालाई गुलरिया नगरपालिकाले सम्मानित गरेको छ ।
गुलरिया नगरपालिका र कारितास नेपालको साझेदारीमा संचालित बाढी प्रभावित तथा विपन्न नागरिकहरुका लागि संचालन भएको ‘बर्दिया आवास पुनर्निमार्ण कार्यक्रम’लाई सफलता पुर्वक सम्पन्न गर्ने कार्यमा अहोरात्र खटेर पुर्‍याएको योगदानको उच्च मुल्याङकन गर्दै गुलरिया नगरपालिकाले उनीहरुलाई प्रशंसा पत्रले सम्मानित गरेको छ । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले तीनै जनालाई प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP